मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बझाङ चैनपुरमा बस्ने वादी समुदायलाई राहत स्वरुप प्रतिपरिवार १०/१० हजार रुपैया राहत दिन मुख्य सचिव माधवप्रसाद घिमिरेलाई निर्देशन दिनु भएको छ ।

हिजोको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छाएन वादी समुदायमा दशैको रौनक शिर्षको समाचार आएपछि डा। भट्टराईले प्रधानमन्त्री सहायता कोषबाट आजै चैनपुरमा बस्ने २२ वादी परिवारलाई १०/१० हजार रुपैया राहत उपलब्ध गराउन निर्देशन दिनु भएको हो ।

हिजो प्रकाशित उक्त समाचारमा वादी परिवारको विचल्ली भएको उल्लेख गरिएको छ । त्यहाँका वादी परिवारले दिनभर घरघरमा गाउँने र मागेर खानु परेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री भट्टराईले तत्कालका लागि २२ परिवारलाई राहत उपलब्ध गराइए पनि अव यस्ता समस्यालाई दिर्घकालिन नीति बनाएर समाधान गर्ने बताउनु भएको छ । -विश्वदीप पाण्डे

तपाईको प्रतिक्रिया