Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गले एनआरएन एशिया प्यासिफिकको संयोजक पदमा उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

जापानको नेपाली समुदायमा बिगत लामो समयदेखि बिभिन्न संघसंस्था र जिम्मेवारीमा रहेर सामाजिक क्रियाकलापहरुमा सक्रिय रहँदै आउनुभएका प्रधानाङ्गले आजै एक बिज्ञप्ती प्रकाशित गरी उम्मेदवारीको घोषणा गर्नुभएको हो ।

श्री प्रधानाङ्गद्वारा प्रेषित बिज्ञप्तीको पूर्णपाठ यसप्रकार छ ।
आदरणीय प्रबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु !
सर्बप्रथम म हामी नेपालीहरुको माहन चाड दशै एवं दिपावलीको उपलक्ष्यमा सम्पूर्ण आदर्णीय दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मङ्लमय शुभकामना ब्यक्त गर्दछु । गैरआबसीय नेपालीहरुको गौरवशाली सस्था गैरगैरआबसीय नेपाली संघ (एनआरएन) को ग्लोबल सम्मेलन यही अक्टोबर १२ देखि १४ तारिखसम्म ‘हाम्रो सञ्जाल-हाम्रो पहिचान, समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ सम्पन्न हुन गईराखेको छ। नेपाल र नेपालीका लागि पवित्र भावनाले समाज सेवा गर्ने र त्यस्का लागि नेपालको समग्र बिकासमा एउटा भरपर्दो साझेदारकोरुपमा क्रियाशिल संस्थाकोरुपमा रहेको एनआरएनको यो सम्मेलन अत्यन्त महत्वपूर्ण छ। बिगतका हाम्रा २ बर्षका कार्यकालको समिक्षा र भावी नीति निर्माणहरु तय गर्ने प्रमुख लक्ष्य लिएको यो सम्मेलनले एनआरएनले लिने भावी नीतिहरुलाई लागु गराउनका लागि नेतृत्वको चयन गर्दै छ। म आफु एनआरएन अभियानमा शुरु देखि नै कृयाशिल रहेको छु । एनआरएन जापानको संस्थापक अध्यक्ष समेत रहेर एनआरएनलाई जापानमा स्थापित गराउनु महत्वपूर्ण भूमिका खेलेको कुरा यहाँहरु समक्ष राख्न चाहन्छु। म आगामी कार्यकालको लागि एशिया प्यासिफिकको संयोजक पदमा रहेर एनआरएनलाई अझ शसक्त, प्रभाबकारी र कामकाजी संस्थाकोरुपमा अगाडि बडाउनका लागि सकल्प गर्दै संयोजक पदको उमेदवारी दिने घोषणा यसै बक्तब्य मार्फत गर्न चाहान्छु ।

 

मेरो चिनारी
जन्म: काठमाडौं
शिक्षा: शंकरदेव क्याम्पसबाट बि. कम.
जापानको Tokyo Institute of Technology बाट Electrical Engineer मा डिग्री
जापानको बहुराष्ट्रिय कम्पनी सुमितोमो ग्रुपको Nissin Electric Co ग्रुपमा बिगत २३ बर्ष देखि कार्यरत

 

मेरो उमेद्ववारी किन ?

१. एनआरएन अभियानलाई अगाडि बढाउन ।
२. जुन लक्ष्य र उदेश्यका साथ यसको स्थापना भएको हो त्यो लक्ष्य पुरा गर्नका लागि भूमिका खेल्नुका साथै एकपटकको नेपाली संधैंको नेपाली भन्ने नारालाई मुर्त रुप दिन ।

३. एशिया अन्तर्गत रहेका सबै देशका एनआरएनहरुसित समन्वय, छलफल गर्दै यो क्षेत्रमा एनआरएनलाई अझ सशक्त बनाउन l

४. एशियाको महत्वपूर्ण देशहरुमध्य रहेको जापानबाट नेपालीहरुले आर्जित गरेको ज्ञान, सीप र पुंजीलाई सस्थागत ढंगबाट नेपाल भित्र्याउन ।

५. एशिया अन्तर्गत रहेका देशहरु खासगरी, चीन, कोरिया, मलेसिया, हङकङ, जापान, ताईवान, मकाउ, थाइल्याण्डको एउटा एनआरएन एशियन कोषको स्थापना गर्ने र नेपालको आर्थिक बिकासमा बिशेष योगदान दिन l

६. एशिया क्षेत्रमा रहेका नेपालीहरुका साझा सवालहरुलाई एकतागत ढंगले अगाडि लैजानका लागि पहल गर्न l

७. नेपालमा लगानी प्रबर्धनका लागि एशियाका लगानीकर्ताहरु संगको क्षेत्रिय आर्थिक लागनीका क्षेत्रहरु, प्राथमिकताहरु सम्बन्धी एक सम्मेलनको लागि पहल गर्दै जतिसक्दो लगानीका लागि नेपाल सरकार संग समन्वय गर्न l

८. नेपाली समाजमा सामाजिक चेतना फैलाउनका लागि भूमिका खेल्न ।

९. नेपालको सामाजिक सुरक्षा अत्यन्त कमजोर रहेको छ नेपालको समाजिक सुरक्षाका लागि कृयाशिल रहन ।

 

मैले के के गरे ?
१. एनआरजापानको संस्थापक अध्यक्ष समेत रहेर २ कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको ।

२. जापानजीहरुका बिचमा नेपाललाई चिनाउन बिशेष भूमिका खेलेको

३. जापानमा निर्दोष रहेर पनि कठोर सजाय पाईरहेका गोबिन्द मैनालीको रिहाईका लागि बिगत १२ बर्ष देखि क्रियाशिल

४. स्थापना काल देखि निरन्तररुपमा एनआरएन जापानमा क्रियाशिल

५. सन १९८८ देखि जापानमा बसोबास गर्ने नेपालीहरुको हितको पक्षमा नेपाली नेपाली एसोशियसनको स्थापना गरी निरन्तर क्रियाशिल

६. जापानमा रहेका नेपालीहरुका सुख र दु:खको बेलामा सहयोग गरेको

७. हाम्रो देश बिबिधताको देश हो, बिबिधताले भरिपूर्ण हाम्रो देशको भाषा, संस्कृतिलाई जर्गेना गर्नु हाम्रो दायित्व पनि हो यसै सिलसिला जापान म बसोबास गर्ने नेवार समुदायको संस्कृति र भाषालाई जगेर्ना गर्नका लागि ने:वा समाज जापानको गठन गरी कृयाशिल रहेको

अन्त्यमा यहाँहरुको आफ्नो अमूल्य मत मलाई दिई निर्वाचित गराउनु हुन र एक कार्यकाल एशिया प्यासिफिकको संयोजक पदमा रहेर सेवा गर्ने मौका दिनुहुन यसै बक्तब्य मार्फत हार्दिक अनुरोध गर्दछु ।

राजन प्रधानाङ्ग
टोकियो, जापान

तपाईको प्रतिक्रिया