Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो-एनआरएन आईसीसीको पाँचौ ग्लोबल सम्मेलनको आज अन्तिम दिन जारी निर्बाचन प्रक्रियाबाट नतिजाहरु धमाधम बाहिर आउन थालेको काठमाडौंबाट हाम्रा सम्बाददाताले जनाएका छन् ।

जसअनुसार एशिया प्यासिफिक क्षेत्रीय समितिको संयोजकमा हङकङबाट त्रिलोक गुरुङ र उपसंयोजकमा जापानबाट किरणविक्रम थापा निर्बाचित हुनुभएको छ । संयोजकमा उम्मेदवारी दिएका राजन प्रधानाङ्गले भने अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएको थाहा भएको छ ।

यस अघि युरोप संयोजकमा कुमार पन्त र उपसंयोजकमा लक्ष्य गुरुङ निर्विरोध भएको समाचार प्राप्त भएको छ । यसैगरी महिला संयोजकमा अष्ट्रेलियाकी रन्जु थापा र आसियन क्षेत्रबाट मन खत्री निर्विरोध भएका थिए । आसियन क्षेत्रबाटै उपसंयोजकमा निरज श्रेष्ठ पनि निर्विरोध भएका छन् । मध्यपूर्वबाट उपसंयोजकमा युएइका लोकनाथ सुवेदी निर्विरोध भएका छन् । यसैगरी उत्तर अमेरिकी क्षेत्रको उपसंयोजकमा रामचन्द्र खरेल निर्विरोध भएका छन् ।

उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा सहमति बन्न सकेको छैन । जसानुसार उपाध्यक्षमा क्याप्टेन हितमान गुरुङ, रामेश्वर साह, रतन झा, रुद्र शर्मा र युएइबाट चन्द्रप्रसाद सापकोटा, महासचिवमा तेन्जी शेर्पा, कुमार बस्नेत र विष्णुमाया परियार चुनावी मैदानमा छन भने टिबी कार्की, युवराज गुरुङ र सुवास अधिकारी सचिब पदका लागि र कोषाध्यक्षमा गोवा कटुवाल र भवन भट्ट निर्वाचनमा होमिएका छन । ***

तपाईको प्रतिक्रिया