Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

सोमवार निर्देशक तुलसी घिमिरेले नेपाली चलचित्र क्षेत्रका लागी पुर्‍याएको योगदानको उच्च मूर्याङ्कन गर्दै चलचित्र विकास बोर्डको सिफारिसमा प्रदान गर्नलागिएको सम्मानित नागरिकताको प्रकृया गृह मन्त्रालयमा पुगेको छ । निर्देशक तुलसी घिमिरे स्वयमले दिएको जानकारी अनुसार नागरिकताको प्रकृया बोर्डहुदै सञ्चार मन्त्रालयबाट गृह मन्त्रालयमा पुगेको हो । नेपाल र नेपाली चलचित्र आफुलाई अत्यन्त प्यारो लाग्ने बताउँदै घिमिरेले बोर्डले गरेको निर्णयको प्रशंसा गरे ।

‘नेपाल सरकारले कला क्षेत्रमा सक्रिय ब्यक्तिहरुको सम्मान गर्नथालेको छ’, घिमिरेको प्रतिक्रिया थियो । आफुलाई मात्र नभएर चलचित्र विकास बोर्डको सिफारिसमा सरकारले अन्य ब्यक्तिहरुको पनि सम्मान गर्नथालेको बताउँदै घिमिरेले बोर्डलाई आभार ब्यक्त गरे । नेपाली चलचित्र क्षेत्रमा माइलस्टोन सिनेमा दिन सफल घिमिरेले निरन्तर यहि क्षेत्रमा लाग्ने समेत बताएका छन् ।

आफुलाई नेपाल प्यारो लाग्ने र नेपालीहरु आफ्नै परिवार लाग्ने भएकोले नेपाल र नेपालीको पहिचान बोक्ने चलचित्र बनाउने गरेको घिमिरेले प्रतिक्रिया दिए । उनले पछिल्लो शान्तिका प्रतिक भगबान गौतम बुद्ध नेपालमा जन्मीएको भए पनि अन्यत्र जन्मीएको प्रचार बिदेशमा भएको प्रति चिर्ता ब्यक्त गर्दै बुद्ध बारे चलचित्र बनाइरहेको जानकारी दिए । उनले बुद्धको बारेमा एनिमेटेड चलचित्र मार्फत बुद्धको बारेमा जानकारी दिने बताए ।

पछिल्लो समय निस्त्रिmय भएको जस्तो देखिए पनि आफुले निरन्तर चलचित्रमा लाग्ने गरेको उनले बताएका छन् । चलचित्र बजारमा आउन केही ग्याप भएको भए पनि आफु निरन्तर आन्तरिक तयारी गरिरहेको घिमिरेको प्रतिक्रिया छ । उनले बृद्ध भत्ता पाउने चलचित्रकर्मीको भत्ता रकम बढाउने, चलचित्र बारे पढ्ने विद्यार्थीले पाउने छात्राबृत्तिको रकम बढाउने लगायत स्टुडियो निर्माण गर्न बारे विकास बोर्डले गरेको निर्णयको खुलेर प्रशंसा गरे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया