Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं- नयाँ नेतृत्व सर्वसम्मत नभए गैर आवासीय नेपाली संघ (एनआरएन)का प्रमुख संरक्षक पद त्याग्ने निर्णय गरेका पूर्व अध्यक्ष उपेन्द्र महतोले आफ्नो निर्णय फिर्ता लिएका छन् ।

पाँचौ नेतृत्व सर्वसम्मत भएपछि निर्णय फिर्ता लिएको उनले बताए । उनको नेतृत्वमा एनआरएन तीनपटक र देवमान हिराचनको नेतृत्वमा एकपटक सर्वसम्मत भएको थियो । महतोकै पहलमा लामिछाने सर्वसम्मत निर्वाचित भएका छन् ।
राजधानीमा जारी एनआरएनको पाँचौ‌ विश्व सम्मेलनमा वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछाने दुवैले उम्मेदवारी बिहीबार दोस्रो दिन पनि कायमै राखेपछि महतो रिसाएका थिए ।
एनआरएन स्थापनामा प्रमुख भूमिका खेलेका महतोले दुवै पक्षलाई मिलाएर सर्वसम्मत नेतृत्व चयनको पहल जारी राखे पनि सर्वसम्मत अन्तिम समयमा भएको हो ।
एनआरएनको स‌ंस्थापक अध्यक्षसमेत रहेका महतोले तीन पटक र चौथो‌ पटक हिराचनलेसमेत सर्वसम्मतबाट नेतृत्व स‌म्हालेका थिए ।
तपाईको प्रतिक्रिया