Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- रिपोर्टर्स क्लबले विहीबार एनआरएनको पाँचौ विश्व सम्मेलन स्थल सोल्टी होटलमा आयोजना गरेको साक्षात्कारमा एनआरएनको नयाँ नेतृत्वका लागि उमेदवारी दर्ता गराएका देबमान हिराचन र जीवा लामिछानेले एक अर्का प्रति आरोप प्रत्यारोप गर्न थालेपछि केही बेर तनाव ग्रस्त बन्यो ।
नयाँ नेतृत्वका दुई दाबेदार हिराचन र लामिछानेले एक अर्काको कमजोरी औल्याउदै आरोप प्रत्यारोप गरेर आफ्नो उमेदवारीको पक्षमा बकालत गरेपछि साक्षात्कारमा उपस्थित एनआरएन प्रतिनिधिहरुले सहमतिको सम्भावना भाडेको भन्दै पत्रकारहरुमाथि आक्रोस पोखेका थिए ।
उनीहरुले  अध्यक्षका दुई उमेदवारहरुलाई आरोप प्रत्यारोप गरेर सहमतिको सम्भावनालाई कमजोर बनाएको भन्दै कसैलाई पनि भोट नहाल्ने भन्दै अधिवेशन बहिस्कारको चेतावनी समेत दिएका थिए । पत्रकारहरुले साक्षात्कारको सूचना संकलन गरिरहेको बेला उनीहरुले साक्षात्कार स्थलमा आएर पत्रकारहरुलाई समाचार संकलन नगर्न र टेलिभिजनका क्यामेरा बन्द गर्न समेत धम्कि दिएका थिए ।
यसैबीच राजधानीमा जारी गैरआवासीय नेपाली संघको पाँचौ विश्व सम्मेलनबाट निर्वाचित हुन नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उमेदवारी दिएका बर्तमान अध्यक्ष देबमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले एक अर्काको कमजोरी औल्याउँदै सक्षम नयाँ नेतृत्वको लागि आफ्नो दावी प्रस्तुत गरेका छन् ।
तपाईको प्रतिक्रिया