बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौ – गैरआवासीय नेपाली संघको अध्यक्षमा वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले औपचारिक रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा एनआरएन जापानका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक भवन भट्टले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्षमा क्याप्टेन हितमान गुरुङ, रामेश्वर साह, रतन झा, रुद्र शर्मा र युएइबाट चन्द्र प्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी सचिवमा टिबी कार्की, युवराज गुरुङ र सुवास अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया