Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौ – गैरआवासीय नेपाली संघको पाँचौं बिश्व सम्मेलनको त्रिभुवन आर्मी अफिसर्स क्लब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. भट्टराईले आफुले दीर्घकालीन आर्थिक बिकासको काम थालेको, प्रधानमन्त्री कार्यालयमा आर्थिक सेल निर्माण गर्न लागिएको, सन् २०१२ र १३ लाई नेपाल लगानी बर्ष घोषणा गरिने र त्यसमा एनआरएनलाई पनि सहभागी बनाएर लैजाने सोंच रहेको बताउनु भयो ।

उहाँले बाहिरबाट हेर्दा नेपालमा लगानीको वातावरण नदेखिएपनि अब शान्ति प्रकृया पुरा हुन लागेको र आशा बढेको भन्दै संक्रमणकालको अन्त्य हुने र आर्थिक अभियानमा लाग्ने बेला आएको बताउनुभयो । बिश्वका बिकशित मुलुकमा पुगेर ज्ञान सीप र पूँजी हासिल गरेका नेपालीहरुलाई नेपाल भित्र्याएर नेपाललाई नै सम्बृद्ध बनाउने आफ्नो चाहना रहेको समेत उहाँले बताउनु भयो । आफ्नै पृष्ठभूमीका धेरै साथीहरुलाई अहिले आफ्नो अगाडि एनआरएनको रुपमा देखिरहेकोले छु्ट्टै उदेश्य लिएर छुट्टै बाटो नहिँडेको भए आफुपनि एनआरएन मध्येकै एक हुन सक्थेँ भन्दै नेपालमा आएर लगानी गर्ने र बस्ने वातावरण बनाउन आवश्यक कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्यसअघि उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशमा बस्ने नेपालीहरुको भूमिकाले नेपालको इज्जत र प्रतिष्ठा बढ्ने भन्दै नेपालमा शान्ति र संबिधान पूरा होस् भन्ने सम्पूर्ण नेपालीको चाहना र अवसरलाई गुम्न नदिने बताउनु भयो ।

उहाँले एनआरएनले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको आर्थिक सामाजिक बिकासमा समर्पित गर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको भन्दै नेपालमा काम गर्ने ठोस प्रस्ताव ल्याउन समेत आग्रह गर्नुभयो ।

एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले ब्यक्तिगत रुपमा कोही जति नै सफल भएपनि देश सफल नभएसम्म त्यसले केही अर्थ नराख्ने भन्दै अहिले केही गर्न नसकेमा हामीलाई भावी पुस्ताले धिक्कार्ने बताए । अहिलेको अप्ठेरो समयमा नेपालीलाई साँच्चिकै माया गर्नेको पहिचान हुने भन्दै महतोले नेपाललाई सम्बृद्ध बनाउन सबै नेपाली अघि सर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी अमेरिकी कांग्रेसमा उम्मेदवार बनेका नेपाली मूलका पहिलो नागरिक दर्शन रौनियारले बिदेशमा बसेर काम गर्नु र त्यहाँको नागरिकता लिनु नेपालीहरुको बाध्यता हुँदाहुँदै पनि आफ्नो मातृभूमिप्रति सदैब चिन्तित रहेको र एनआरएनसँग मिलेर नेपाल र नेपालीका लागि केही गर्न तयार रहेको बताउनुभयो ।

एनआरएनका वर्तमान अध्यक्ष देबमान हिराचनले एकपटकको नेपाली सधैको नेपाली भन्ने मान्यताअनुसार बिदेशी नागरिकता लिएपनि नेपाली नै रहने ब्यबस्था गर्न आग्रह गर्दै हालसम्म केही मात्रामा भएपनि एनआरएनलाई हेर्ने दृष्टिमा सुधार भएको, सरकारले परिचयपत्रको ब्यबस्था गरेको, ऐन तथा कानुन बनेको आदिलाई उपलब्धी नै मान्न सकिने कुरा व्यक्त गर्नुभयो ।

उदघाटन समारोहको समापनसँगै अर्को सत्र प्रारम्भ हुनेछ जसलाई अर्थमन्त्री बर्षमान पुन, भीम उदास, जीवा लामिछाने, गर्भनर युवराज खतिवडा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया