Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

दोहामा रहेको नेपाली दुतावासका अनुसार कतारमा करीव तीन लाख रहेको खास कतारीको जनसंख्याभन्दा धेरै संख्यामा नेपाली कामदारहरू छन् । नेपाली कामदार अग्ला घर बनाउनेबाहेक खेती किसानी, उँट र भेडा गोठालादेखि सरसफाइ, ड्राइभिङ, सुरक्षा गार्डलगायतका काम गर्छन् ।

काममा सुख दुःख त जहाँ पनि हुन्छ । हामीले भेटेका नेपाली कामदारहरू आफ्नो कामबाट सन्तुष्ट देखिए तर काममा दुःख पाउनेहरू पनि त्यत्तिकै छन् । खेती किसानी गर्ने भेंडिगोठमा बाख्रा चराउनेहरूलाई भेट्न हामी दोहा शहरभन्दा बाहिर मजरासम्म पुग्यौं ।
भेडिगोंठमा काम गर्ने होस् या भवन बनाउने या होटल र मजारामा काम गर्ने नेपालीहरू कोही व्यक्तिगत चिनजानबाट कतार पुग्छन् भने कोही म्यानपावर कम्पनीमार्फत पुग्छन् । तुलनात्मक रूपमा कम्पनीसँग सिधै सम्झौता गरेर आएकाहरूले भन्दा कतारमा बसेर कामदार झिकाउँदै आवश्यकताअनुसार विभिन्न कम्पनीलाई सप्लाइ गर्नेहरूबाट नेपाली कामदार ठगिएको बढी गुनासो सुनिन्छ । कामदार सप्लाइ गर्ने यस्ता कम्पनीहरू विदेशीहरूसँगै नेपालीहरूले पनि चलाएका छन् । नेपालबाट ल्याइएका मानिसहरूलाई कतारको निर्माणमा सप्लाई गर्ने नेपाली व्यवसायीहरू भने सकभर कामदारलाई दोष दिएर उम्किन खोज्छन् ।

व्यवसायी कामदारलाई दोष दिन्छन् । उनीहरूका अनुसार काम नसिकी, भाषा, काम र स्वास्थ्यको विचार नगरी आउने भएकाले कामदार नै समस्या भएको गुनासो गर्छन् । कामदारहरू भने आफूलाई भनेजस्तो सेवा सुविधा नदिने व्यवसायीलाई दोषी ठान्छन् । दुतावासको कामलाई नजिकबाट नियालिरहेकाहरू भने दुतावास र राजदूतले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाउँछन् । कतारमा लामो समयदेखि काम गर्ने र यहाँको नेपाली कामदारको गतिविधी नियालिरहेकाहरू भने अन्य देशको तुलनामा नेपाली कामदारले कठीन काम गर्ने तर सो अनुसारको ज्याला नपाउने बताउँछन् ।

आजको साझा सवालमा हामी कतारमा काम गरिरहेका नेपालीहरूको दुःखका बारेका कुरा गर्नेछौं । कतारको राजधानी दोहा जति भव्य बन्दैछ, शहरमा काम गर्ने नेपाली कामदारको दुःख र समस्या त्यत्तिकै कठोर छ । यी ठूला घरहरूको पछाडिको साघुँरा गल्ली र होचा घरहरूमा महिनौं देखि कामको ज्याला नपाएका र विरामीले थलिएर उपचार नपाएका नेपालीहरू बस्छन् । काम गर्ने रोजगारदाता कम्पनीले तोकिदिएको यो बस्ने ठाउँ अर्थात् ‘क्याम्प’ मा बस्ने नेपालीहरूको जीवन र कष्ट यो साझा सवालमा समेटिएको छ । यससँगै कतारको राजधानी दोहामा रहेको नेपाली दूतावासमा ‘सेल्टर’ लिइरहेका नेपालीहरू र कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माको कुरा पनि यो भागमा समेटिएको छ । त्योबाहेक दोहाभन्दा टाढा मरूभूमि ‘मजरा’ मा खेतीपाती गर्ने नेपालीहरूको कथा र व्यथा पनि उत्तिकै दर्दनाक छन् ।


तपाईको प्रतिक्रिया