नेपाली बालबालिकाहरुको जापान बसाई तथा उनीहरुको शिक्षाको बारेमा एक सर्वेक्षण

आदरणीय दाजुभाई तथा दिदी-बहिनीहरु
नमस्कार
केही समय अगाडी समुद्रपारि डट कम मार्फत जापानमा नेपाली भाषा र संस्कृति सहितको स्कुलको आवश्यकताको बारेमा गरिएको सर्बेक्षणमा सहभागी भई सहयोग गरिदिनु भएकोमा हार्दिक धन्यबाद ब्यक्त गर्दछौं ।
अधिकांश सहभागीहरुको प्रतिकृयालाई मध्यनजर गर्दै आगामी अप्रिल २०१३ देखी विध्यालय संचालनको लागि तयारी अगाडि बढिरहेको पनि सहर्ष जानकारी गराउंदछौं । यसै शिलशिलामा थप जानकारीहरुको लागि पहिलेको सर्बेक्षणमा साधारण परिवर्तन गरी यहाँहरु समक्ष प्रस्तुत गरेका छौं । कृपया यो प्रश्नावली भरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

अनलाईन फाराम

डाउनलोड फारामः

PDF Version Form    Word Version Form