शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायनं,वर्षर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८साल श्रावण १६ गते शनिबार नेपाल सम्बत ११४१ दिल्लागा,सन् २०२१ जुलाई ३१ तारिक कृष्णपक्ष सप्तमी तिथि विहान ६ वजेर ४६ मिनेटसम्म (जापानमा विहान १० वजेर १ मिनेटसम्म ),अश्विनी नक्षत्र अपरान्ह ६ वजेर २८ मिनेटसम्म ( जापानमा राती ९ वजेर ४३ मिनेटसम्म ), शूलयोग,बवकरण,आनन्दादियोग सौम्य,सूर्य कर्कट राशिमा,चन्द्रमा मेष राशीमा । योगिनी प्रातः ६÷४६ वजेसम्म वायव्य उप्रान्त ईशान्य दिशामा,काल पूर्व दिशामा पाश पश्चिम दिशामा,चन्द्रमा पूर्व दिशामा,शुक्र पश्चिम दिशामा दिनभर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काममा देखिएका समस्या कम हुनेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । आफन्तबाट सहयोग सहानुभुति मिल्नेछ । महत्वकाँक्षा जाग्नेछ । उत्तम भोजन र आसन प्रप्तिको योग देखिन्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): अस्थिरता बढ्नेछ । कार्य लनगशिलता घट्दा उपलब्धि घट्नेछ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ । काम गर्दा आलोचना सहनु पर्नेछ । कसैबाट माया ममतामा पाईने छैन । फजुल खर्चमा वृद्धि हुनेछ । दुर्जनहरुले पिछा गर्ने छन् । व्यापारमा गरेको लगानी डुब्न सक्छ । परिश्रमको मुल्य लिन ठुलै कसरत गर्नु पर्नेछ । आस्था र विश्वासमा चोट लाग्न सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): मान्य जनको सहयोग सहानुभूति मिल्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । उधारो कारोवार नगर्नु होला । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । पुराना मित्रहरु भेटिने छन् । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सकरात्म सोचको विकाश हुनेछ । असहज परिस्थितिको सामना हुनेछ । रोकिएका कामले गति लिनेछ । कर्म प्रप्तिको योग देखिन्छ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ तर प्राप्त गर्न गाह्रो हुनेछ । गुमेको विश्वास पलाउनेछ । कार्य क्षमता बढ्नेछ । सहयोगी मन भेटिने छन् । सामाजिक उत्तरदायित्व बहन गर्नु पर्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा पूर्ण होईन आँशिक सुधार आउनेछ । आन्तरिक भन्दा बाह्य काम बढि हुनेछन् जसका कारण आफ्ना उपलब्धिका काम ओझेलमा पर्ने देखिन्छ । आशा र भरोसामा काम गर्दा पछि परिनेछ । घर डेराको समस्या पर्न सक्छ । पढाईमा रुची बढ्नेछ । धार्मिक क्रियाकलपमा सक्रियता बढ्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): हेलचक्र्याई नगर्नु होला,सोचेर काम गर्नु होला दिन प्रतिकुल बढि देखिन्छ । आशा र भरोसा निराशामा परिणत हुनेछ । काम गर्ने वातावरण भत्किने छ । दुष्टहरुको सक्रियता बढ्नेछ । दैनिका काममा समस्या आउनेछ । मानसिक तनाव बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्य कमजोर हुनेछ । लगानी नबढाउनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले साथ दिनेछ । हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । पुराना समस्या समाधान हुनेछन् । दैनिका काममा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफ्नो काममा आफै लाग्नु होला । संघर्षबाट मात्र लक्ष्य भेटाईनेछ । शत्रुहरुले सहज रुपमा काम हुन दिने छैनन । प्रतिश्पर्धाबाट पछि नहट्नु होला अन्तिम परिणाम सुखद निस्कनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । ऋणमा काम नगर्नु होला । मुद्धा मामिलामा जीत हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): मनमा दुविधा बढ्नेछ । समयमा निर्णय लिन सकिएन भने उपलब्धिका काम पछाडि धकेलिने छन् । आर्थिक कारोवारमा चनाखो रहनुहोला । इच्छा शक्ति कमजोर हुनेछ । वोलीको अनर्थ लगाउन सक्छन् । आफन्त पराई जस्ता हुनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । अन्य काममा आँशिक सफलता मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । भाववेगमा आएर कुनै काम नगर्नु होला क्षति बढि हुनेछ । धन खर्च गरेर अरुलाई आफ्नो बनाउनुको कुनै अर्थ रहने छैन । विवादबाट टाढा बसेर काम गर्नु होला । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन घट्नेछ । दुःख विसाउने चौतारी मिल्ने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): साहास,धैर्यता र पराक्रम बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । उपकारका काममा धन खर्च हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा सक्रियता बढ्नेछ । आफ्नै पौरखमा रमाउनु पर्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): अरुको भरमा मात्र काम नगर्नु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनुहोला । वोलीको प्रभाव थोरै पर्नेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । व्यापार व्यवसायबाट मुनाफा कम हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । नयाँ क्षेत्रमा लगानी गर्दा एक पटक सोचेर मात्र गर्नु होला । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया