बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायनं,वर्षर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८साल श्रावण १४ गते विहिबार नेपाल सम्बत ११४१ दिल्लागा तदनुसार सन् २०२१ जुलाई २९ तारिक कृष्णपक्ष षष्ठी तिथि अहोरात्र (जापानमा पञ्चमी तिथि प्रातः ७ वजेर ५७ मिनेटसम्म उप्रान्त षष्ठी तिथि), उत्तरभाद्रा नक्षत्र अपरान्ह २ वजेर ४४ मिनेटसम्म (जापानमा अपरान्ह ५ वजेर ५९,सुकर्मयोग, गरकरण, आनन्दादियोग छत्र,सूर्य कर्कट राशिमा,चन्द्रमा मीन राशीमा । योगिनी पश्चिम दिशामा, काल दक्षिण दिशामा पाश उत्तर दिशामा, चन्द्रमा उत्तर दिशामा, शुक्र पश्चिम दिशामा दिनभर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अस्थिरता बढ्न सक्छ । समयमा काम गर्न नसक्दा उपलब्धि गुमाउनु पर्नेछ । अनावस्यक वाहिरी काममा धेरै समय खर्च हुनेछ । विश्वास र भरोसामा काम गर्दा डुबिनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । मिथ्या कुराले सताउनेछ । जोखिम मोलेर काम नगर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिनको अधिकाँश समय अनुकुल देखिन्छ । आम्दानीका नयाँ मार्ग फेला पर्ने छन् । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । समयको सदुपयोग गर्नु होला कुनै काम पछि गर्छु भनेर नराख्नु होला आम्दानी गुम्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पारिवारिक जीवन शुरु हुनसक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समय परिस्थितिले साथ दिनेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । काममा सहजता र सरलता आउनेछ । नोकरी तथा राजनीतिमा सामान्य सफलता मिल्नेछ । उदाहरणीय र प्रशंसनिय काम हुनेछन् । काम गर्ने जोश जागर घट्ने छैन । बोलिको प्रभाव कम पर्नेछ । व्यवसायिक गतिविधि अगाडि बढ्ने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा विस्तारै सुधार आउनेछ । मानसिक तनाव घट्नेछ । दुविधामा नपर्नु होला । कुटनैतिक विधि प्रयोग गरेर काम गर्नु होला । साना साना कुरामा हेलचक्र्याई गर्नु भयो भने पछि दुःख पाउनु हुनेछ । दीक्षा यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने वातावरण अझै बन्ने छैन । गएका ठाँउमा अपमानित हुने अवस्था आउन सक्छ । मानसिक तनाव बढ्नेछ । गलत व्यक्तिको संगले पोल्ने छ । अनावस्यक खर्चालु काम बढि हुनेछन् । व्यापार व्यवसायमा अझै सुधार देखिन्न । स्वास्थ्य कामजोर हुनेछ । पारिवारिक सन्तुष्टि कम मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनलाई नियन्त्रणमा राखेर काम गर्नु होला । समयको सदुपयोग गर्न पछि नपर्नु होला । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आयत निर्यात व्यापारबाट आय आर्जन बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । समयमा कामको टुङ्गो लगाउनु होला नत्र पछि पश्चताप हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विरोधी आफै कमजोर हुदै जानेछन् । आफ्ना आन्तरिक कुरा कसैलाई नभन्नु होला । मेहनतबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ । प्रतिश्पर्धामा सफल हुनुहुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । घरका समस्याबाट मुक्ति भने मिल्ने छैन । अरुको भर नपर्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कार्य योजना बनाएर अगाडि बढ्नु होला । आफ्नो काममा आफै अग्रसर भएर गर्नु होला । इष्टमित्र साथी भाईको भर परेर कुनै काम नगर्नु होला धोका हुनसक्छ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । संघर्षबाट सफलताका सिढि चढ्न सजिलो हुनेछ । झुट्टा आश्वासनको पछि नदौडिनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता बढ्नेछ । स्पष्ट नीति नहुदा अगाडि बढ्न सकिने छैन । आम्दानीबाट विमुख हुने अवस्था आउन सक्छ । खर्च नियन्त्रण गर्न गाह्रो हुनेछ । आलस्यता बढ्नेछ । पढाईमा ध्यान कम जानेछ । विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन् सर्तक हुनुहोला । व्यापार घट्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयको सदुपयोग गर्नु होला नत्र अवसर फुत्किन सक्छ । काम गर्न सके कमाई राम्रै हुनेछ । स्वतन्त्र उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । अरुबाट सहयोगका धेरै आशा नगर्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । पठन पाठनमा भने प्रगति हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): घमण्ड गरेर कुनै फाईदा हुने छैन । कुरा मात्र होईन आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला । भाग्यले थोरै साथ दिनेछ । वैदेशिक कामबाट आंशिक लाभ हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी गर्नु होला नत्र आफुले लिने ठाँउ अरुले लिने छन् । आर्थिक संरचनालाई नचलाउनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयले साथ दिनेछ उपयोगिताको सिद्धान्त नछोड्नु होला । भाग्य भन्दा कर्ममा विश्वास गरेर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । मित्रहरु सँग भेटघाट हुनेछ । कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला । पारिवारिक सुख मिल्नेछ । पढाईमा प्रगति हुनेछ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया