शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायनं,वर्षर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८साल श्रावण १३ गते बुधबार नेपाल सम्बत ११४१ दिल्लागा,सन् २०२१ जुलाई २८ तारिक कृष्णपक्ष पञ्चमी तिथि राती ४ वजेर ४२ मिनेटसम्म(जापानमा चतुर्थी तिथि विहान ७ वजेर ३९ मिनेटसम्म उप्रान्त पञ्चमी तिथि ),पूर्वभाद्रा नक्षत्र अपरान्ह १ वजेर ३३ मिनेटसम्म(जापानमा अपरान्ह ४ वजेर ४८ मिनेटसम्म ),अतिगण्डयोग,कौलवकरण,आनन्दादियोग पद्म,सूर्य कर्कट राशिमा,चन्द्रमा प्रातः ७ वजेर २० मिनेटसम्म ( जापानमा विहान १० वजेर ३५ मिनेटसम्म ) कुम्भ उप्रान्त मीन राशीमा । योगिनी दक्षिण दिशामा,काल नैऋत्य दिशामा,चन्द्रमा उत्तर दिशामा,शुक्र पश्चिम दिशामा दिनभर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सम्बन्धमा खटपट पर्न सक्छ । कुनै पनि क्षेत्रमा जर्वजस्ति नगर्नु होला दुःख पाईने छ । बढि महत्वकाँक्षी योजना अगाडि बढाउदा नोक्सान धेरै वेहोर्नु पर्ने अवस्था आउन सक्छ । अनावस्यक काममा समय खर्च हुनेछ । श्रमको मूल्य गुमाउने अवस्था आउन सक्छ । मिथ्या आरोप लाग्न सक्छ सर्तक रहनु होला । लगानी नबढाउनु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समय अनुकुल नै देखिन्छ । कार्य लगनशिलता घट्ने छैन । विश्वासको भरमा काम हुनेछन् । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । दूर्जनहरु आफ्नै बाटो लाग्ने छन् । सहयोगी सहकार्यको लागि अगाडि आउने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आर्थिक क्षेत्र बाहेक अन्य क्षेत्र राम्रै देखिन्छ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । कार्य व्यस्तता बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । राजनैतिक गतिविधि बढ्ने देखिन्छ । बाह्य व्यक्तिको भर नपर्नु होला । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । उधारो प्रस्ताव आउन सक्छ विश्वास नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय सुधारोन्मुख छ लगनशिलता बढाउनु होला कामले गति लिनेछ । बाह्य कुरामा बढि ध्यान जान सक्छ जसका कारण उपलब्धि गुमाउने अवस्था आउनेछ । हेलचक्र्याई नगर्नु होला । राजनैति हतियार प्रयोग गरेर काम गर्ने सपना नदेख्नु होला । पढाई लेखाई प्रगति हुनेछ । पारिवारिक समस्यबाट पूर्ण मूक्ति मिल्ने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बाधा अवरोधको सामना गर्नु पर्नेछ । शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अबस्था रहने छैन । कसैलाई दिएको धन डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछन । गलत विचारको शिकार हुनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । प्रतिष्ठामा आच आउन सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । हेलचक्र्याई नगरि कार्य योजना अगाडि बढाउनु होला । विदेश यात्राको सम्भावना नकार्न सकिन्न । प्रेम प्रस्ताव आउनेछ भने दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सहजता देखिदैन प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला केहि उपलब्धि हात लाग्नेछ । अरुले गरिदिने छन् होइन आफ्ना समस्या आफैले समाधान गर्नु होला । परिश्रमको अन्तिम प्रतिफल मिठो निस्कने छ । खेलाडीको लागि दिन अनुकुल देखिन्छ । साझेदारी काममा लगानी नगर्नु होला । अस्थिरतालाई त्याग्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सन्तुलनमा काम गर्नु होला । आफुमा भएको उर्जाको प्रयोग गर्न सके उपलब्धि हात लाग्नेछ । कर्म प्राप्तिको लागि जमेर नै लाग्नु पर्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । राज्य सँग सम्बन्धित काम विस्तारै अगाडि बढाउनु होला । अर्थ अभावको महशुस हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आर्थिक अवस्था कमजोर हुदा काम गर्न गाह्रो हुनेछ । ऋणमा काम गर्नु पर्ने अवस्था आउनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । पारिवारिक समस्या बढ्ने छन् । फाइदा लुट्न खोज्ने कम हुने छैनन । संकट मोचन हुने देखिन्न ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): महत्वकाँक्षी योजना अगाडि बढाउदा एक पटक सोचेर मात्र बढाउनु होला । अस्थिरतामा जोड नदिनु होला । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । पारिवारिक सहयोगमा उपलब्धि हात लाग्नेछ । बाहिरी व्यक्तिसँग साझेदारी गरेर काम नगर्नुहोला । ऋण लगानी नगर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मध्यम खालको दिन छ,लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ नत्र विचमा नै रोकिनु हुनेछ । अरुको कुरामा विश्वास नगर्नु होला । धन आफन्त मान्छे भए नदिदा राम्रो हुनेछ । नोकरीबाट सन्तुष्टि त्यति मिल्ने छैन । निर्माण व्यवसायबाट सामान्य लाभ हुनेछ । वोलीको कदर कम हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन अनुकुल देखिन्छ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । समयमा परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सामान्य सुख मिल्नेछ । सामाजिक उचाई बढ्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ । सहयोग सहानुभूति मिल्नेछ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया