शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायनं,वर्षर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८साल श्रावण १२ गते भौमबार नेपाल सम्बत ११४१ दिल्लागा,सन् २०२१ जुलाई २७ तारिक कृष्णपक्ष चतुर्थी तिथि राती ४ वजेर २४ मिनेटसम्म (जापानमा तृतीया तिथि विहान ७ वजेर ५२ मिनेटसम्म उप्रान्त चतुर्थी तिथि ),शतभिषा नक्षत्र मध्यान्ह १२वजेर ५२ मिनेटसम्म(जापानमा अपरान्ह ४ वजेर ७ मिनेटसम्म ),शोभनयोग,बवकरण,आनन्दादियोग मृत्यु,सूर्य कर्कट राशिमा,चन्द्रमा कुम्भ राशीमा । योगिनी नैऋत्य दिशामा,काल पश्चिम दिशामा पाश पूर्व दिशामा,चन्द्रमा पश्चिम दिशामा,शुक्र पश्चिम दिशामा दिनभर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): हिसाव किताव राखेर काम गर्नु होला उपलब्धि राम्रै हात लाग्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । बोलीको मात्र होइन व्यवहारिक सहयोग गर्ने पनि कम हुने छैनन् । सवैलाई विश्वास गर्ने भने ठाँउ हुने छैन । नोकरी तथा राजनीतिबाट फाइदा लिन कसरत बढि गर्नु पर्ला । काममा ढिला सुस्ति नगर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कार्य क्षमता बढ्नेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । इज्जत प्रतिष्ठा वृद्धि हुने खालका काम हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु समर्थनमा आउने छन् । सामाजिक काममा अभिरुची बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । आफन्तबाट सहयोग सल्लाहा सुझाव मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): धर्म कर्म तिर मन जाग्नेछ । अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । खानपानमा ध्यान दिनुहोला नत्र स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । पढाई लेखाईमा भने थोरै प्रगति हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन प्रतिकुल देखिन्छ । वचाएर राखेका पौराणिक कुरा नष्ट हुनसक्छन् सचेत रहनु होला । सयोग गर्ने भन्द खुट्टो तान्नेको संख्या बढि हुनेछ । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिनेछ । मानसिक तनाव बढ्न सक्छ । जोखिम मोलेर नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयको उपयोग गर्नु होला पछि यो समय आउने छैन । आयत निर्यात व्यापार व्यवसायबाटबाट लाभान्वित हुनुहुनेछ । आर्जित धनलाई वचतमा परिणत गर्न गाह्रो हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । लोभ मोह बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला । पढाई लेखाईमा खासै प्रगति हुने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): बढि महत्वकाँक्षी नबनि काम गर्नु होला । हेलचक्र्याई भयो भने उपलब्धि गुम्नेछ । विरोधीको सामना गर्नु पर्नेछ । गोपनियता अप्नाएर कार्य योजना अगाडि बढाउनु होला । स्त्री एवं सन्तानको चिन्ताले छोड्ने छैन । मेहनतका साथ गरेका काम सफल हुनेछन् । संघर्षबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ । मुद्धा जीतिने छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयमा पूर्ण सुधार देखिदैन तर समस्या भने केहि घट्ने छन् । सवैलाई आफ्नो ठान्नु धोका हुनसक्छ । दूर्जनका कारण धन खर्च हुनेछ । पढाई लेखाईमा मन जानेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सन्तान सुख कम मिल्नेछ । स्त्रीको सहयोग लिएर काम गर्दा केहि सहज हुनेछ । घर वाहिर बढि आनन्द मिल्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय सहज देखिदैन । शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । अनावस्यक विषय बस्तुमा समय खेर जानेछ । खर्चालु काम धेरै गर्नु पर्ला । घरयासी प्रयोजनको लागि समान खरीद हुनेछन् । आहार विहारका कारण स्वास्थ्यमा खरावी हुनसक्छ । आस्था र विश्वास घट्न सक्छ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): ग्रह गोचर ठीकै देखिन्छ । उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर पर्दा उपलब्धि थोरै हुनेछ तस्मात् आफ्नो काम आफै गर्नु होला । पढाई लेखाई मन्द रहनेछ । सहयोग गर्ने भन्दा कुरा काट्ने बढि हुनेछन् । राजनीतिमा धेरै चासो नदिनु होला । आर्थिक कारोवार गर्दा चनाखो हुनुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समय मध्यम खालको देखिन्छ । हेलचक्र्याई कहि कतै नगर्नु होला । ऋण लगानी नगर्नु होला पछि उठाउन गाह्रो हुनसक्छ । इष्टमित्र साथी भाईमा अल्प प्रेम होला । हृदयबाट सहयोग गर्ने कमै हुनेछन् । विवाद देखि टाढा बसी आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । व्यापारबाट थोरै आम्दानी हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने उत्साहा घट्ने छैन । काममा देखिएका समस्या कम भएर जाने छन् । फजुल खर्चमा कमी आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आम्दानी खर्च बराबरै जस्तो हुनेछ । वचतमा जोड दिनुहोला । भोज भतेर,धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । नोकरी तथा राजनीतिमा अधिकारको खोजी हुनेछ । काममा ढिला नगर्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयले साथ कम दिनेछ । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । पढाई लेखाईमा सोचे जस्तो प्रगति हुने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ । परिवारको स्वस्थ्यमा समस्या आउनेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया