शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायनं,वर्षर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८साल श्रावण ११ गते सोमबार नेपाल सम्बत ११४१ दिल्लागा,सन् २०२१ जुलाई २६ तारिक कृष्णपक्ष तृतीया तिथि राती ४ वजेर ३७ मिनेटसम्म ( जापानमा द्वितीया तिथि विहान ८ वजेर ३४ मिनेटसम्म उप्रान्त तृतीया तिथि ),धनेष्ठा नक्षत्र मध्यान्ह १२ वजेर ४१ मिनेटसम्म(जापानमा अपरान्ह ३ वजेर ५६ मिनेटसम्म ),सौभाग्ययोग,वणिजकरण,आनन्दादियोग शुभ,सूर्य कर्कट राशिमा,चन्द्रमा कुम्भ राशीमा । योगिनी आग्नेय दिशामा,काल वायव्य दिशामा पाश आग्नेय दिशामा,चन्द्रमा पश्चिम दिशामा,शुक्र पश्चिम दिशामा दिनभर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आकस्मिक आम्दानीको योग देखिन्छ । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । समयको सदुपयोग गर्नु होला । नयाँ क्षेत्रमा धन लगानी नगर्नु होला । गोपनियता भङ्ग नगर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काममा देखिएका समस्या कम भएर जानेछन् । पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु सहयोगको हात अगाडि बढाउने छन् । सामाजिक काममा अभिरुची बढ्नेछ । गएका ठाँउमा इज्जत प्रतिष्ठा,मान सम्मान मिल्नेछ । पराक्रम बढ्नेछ । लोभ मोह बढ्नेछ । भौतिक सुख सुविधामा थोरै वृद्धि हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयमा सामान्य सुधार आउनेछ । आध्यात्मिक चिन्तन बढ्नेछ । व्यापार व्यवसायमा सामान्य प्रगति हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । बाह्य काममा ध्यान केन्द्रित हुदा उपलब्धिका काम ओझेल पर्ने छन् । इज्जतको ख्याल राखेर काम गर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने वातावरण विग्रिएर जानेछ । आफन्तका क्रियाकलापले मनमा चिसो पस्ने काम हुन सक्छ । अन्तिम चरणमा पुगेका काम रोकिने छन् । भाग्यले कम साथ दिनेछ । अनावस्यक खर्च बढ्ने छ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विवादित कामको टुङ्गो लाग्नेछ । मुद्धामा जीत हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । प्रयत्न गर्नु भयो भने नयाँ काम हात पार्न सकिनेछ । आयत निर्यात व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । रजोगुण बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कडा मेहनत गर्नु पर्ला । सामान्य खटाईबाट काम बन्ने देखिदैन । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । श्रमको मुल्य लिन ठुलै कसरत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अस्थिरताले अनिष्ट निम्त्याउने हुदा मनलाई नियन्त्रण गरेर काममा लाग्नु होला । मनोविकार त्यागेर अगाडि बढ्नु होला । घरका समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । घर बाहिर बसेर काम गर्दा बढि आनन्द मिल्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्म हिनताको अवस्था आउन सक्छ । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ । मनमा एक प्रकारको चिन्ताले बास गरि रहनेछ । स्वास्थ्य कमजोर बन्ला । मनले सुख शान्तिको खोजी गर्नेछ । व्यापार व्यवसायमा मन्दि लाग्नेछ । अलोचना बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले सामान्य साथ दिनेछ । काम गर्ने वातावरण थोरै बन्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । आर्थिक कारोवारमा भने सचेत रहनुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन मध्यम खालको देखिन्छ । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । बोलिको प्रभावमा केहि काम हुनेछन् । इष्टमित्रबाट सहयोग कम मिल्नेछ । मेहनतपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा कमी आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । भोज भतेर,सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । सहयोगी मन भेटिने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन त्यति अनुकुल देखिदैन । काम गर्ने बातावरण विग्रिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम गर्दा विभिन्न खालका समस्या झेल्नु पर्नेछ । अनावस्यक खर्च बढ्नेछ । नगरेका कामको अपयश लिनु पर्नेछ । विश्वासमा धोका हुनसक्छ । नयाँ क्षेत्रमा धन लगानी नबढाउनु होला ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया