बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायनं,वर्षर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८साल श्रावण १० गते रविबार नेपाल सम्बत ११४१ दिल्लागा,सन् २०२१ जुलाई २५ तारिक कृष्णपक्ष प्रतिपदा तिथि विहान ६ वजेर २८ मिनेटसम्म (जापानमा विहान ९ वजेर ४३ मिनेटसम्म), श्रवण नक्षत्र मध्यान्ह १२ वजेर ५७ मिनेटसम्म (जापानमा अपरान्ह ४ वजेर १२ मिनेटसम्म), प्रीतियोग,कौलवकरण,आनन्दादियोग गद,सूर्य कर्कट राशिमा,चन्द्रमा राती १२वजेर४५ मिनेटसम्म (जापानमा राती ४ वजेसम्म) मकर उप्रान्त कुम्भ राशीमा । योगिनी विहान ६-२८ वजेसम्म पूर्व उप्रान्त उत्तर दिशामा,काल उत्तर दिशामा पाश दक्षिण दिशामा,चन्द्रमा दक्षिण दिशामा शुक्र पश्चिम दिशामा दिनभर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्दा सानातिना समस्या देखिने छन् । अरुको पूर्ण भरोसामा काम नगर्नु होला । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायमा प्रगति हुनेछ । गीत संगितमा अभिरुची बढ्नेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): सहज तरिकाले कुनै काम हुने छैनन । उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । लगनशिल भई गरेका केहि कामले अन्तिम रुप लिनेछ । आत्म विश्वासको कमि हुनेछ । सफल यात्राको सम्भावना देखिन्छ । आफन्तले पराईको व्यवहार गर्नेछन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काम गर्ने बातावरण भत्किनेछ । उपलब्धिको संरक्षण गर्न गाह्रो हुनेछ । आफन्त सँग विश्वास र भरोसा टुट्नेछ । लगनाी अनुसारको व्यापार व्यवसायबाट उपलब्धि हासिल हुने छैन । आम्दानीका मार्ग बन्द एवं खर्चका मार्ग बढि खुला हुनेछन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । उधारो कारोवार नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मिलेर काम नगर्नु होला । विदेश यात्राको योग देखिन्छ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । भोग विलासिताका सामाग्री खरीद हुनेछन् । मनमा सुख,शान्ति मिल्नेछ । साथी भाईको सहयोग पाईनेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ग्रह गोचर सामान्यतया अनुकुल नै देखिन्छ । कार्य लगनशिलता बढाउनु होला । अरुको पूर्ण भरोसामा काम नगर्नुहोला । विरोधीको बक्रदृष्टि पर्नेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । श्रृङ्गारिक तथा सौन्दर्य प्रशोधन जस्ता कामबाट लाभ हुनेछ । धार्मिक आस्था र विश्वास बढ्नेछ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): हेलचक्र्याई गर्दा आएको अवसर गुम्नेछ । सोच विचार अगाडि बढ्नु होला इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ । राजनीति औजारमा खिया लाग्ने देखिन्छ । उपलब्धिका काममा बाह्य तत्व हावी हुने देखिन्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । देखिएका सम्भावना क्षिण भएर जानेछन् । काम गर्नलार्ई स्वास्थ्यले पनि कम साथ दिनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने वातावरण विग्रिनेछ । उपलब्धिका काममा ढिला सुस्ति हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । वैदेशिक यात्राको सम्भावना देखिन्छ । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । घरका समस्या समाधान गर्न गाह्रो गाह्रो हुनेछ । मालसमान हराउन वा चोरी हुनसक्छ सचेत हुनुहोला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सवैलाई विश्वासमा लिएर काम गर्दा राम्रै हुनेछ । काम गर्दा साथी भाईको सहयोग पाईनेछ । संघर्षबाट सफलताको शिखर चढ्न पाईनेछ । परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काममा ढिला सुस्ति भने पटक्कै नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दुःख पायो भन्ने कोहि हुनेछैन तर दुःख दिन खोज्ने धेरै हुनेछन् । अरुको भर नपरि आफै अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै कारोवार नगर्नु होला,दिएको धन डुब्न सक्छ । स्पष्ट वोल्दा आफैलाई नोक्सना हुनेछ । व्यापारमा उतार चढाव आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कामको विचमा विचार परिवर्तन नगर्नु होला लक्ष्यमा पुग्न सकिने छैन । पारिवारिक खर्च बृद्धि हुन सक्छ । काम गर्ने जोश जागर घट्ने छैन । जीवन साथीको सहयोग लिएर काम गर्दा सजिलो हुनेछ । आर्थिक लगानीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँक्षा केहि पुरा हुनेछन् । मिलेर गरेका कामबाट कम उपलब्धि हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मित्रहरु टाढा हुनेछन् भने दुर्जनहरु नजिक आउने छन् । सहज रुपमा काम हुने छैनन् । धेरै विश्वास गर्दा आशा निराशामा परिणत हुनसक्छ । व्यापार व्यवसायमा देखिएका सम्भावना क्षीण भएर जानेछन् । राजनीति व्यक्तिको धेरै भर नपर्नु होला । आर्थिक कारोवारमा ध्यान दिनुहोला । जोखिम मोलेर काम गर्दा नोक्सान धेरै हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयको सदुपयोग गर्न पछि नपर्नु होला । आफ्नै प्रयास र प्रयत्नबाट धेरै काम बन्ने छन् । अरुको भरमा काम नगर्नु होला उपलब्धि कम हात लाग्नेछ । पढाई लेखाईमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ । कामको विचमा विचार परिवर्तन गर्दा लक्ष्य प्राप्ति हुनेछैन । धन लगानी भन्दा श्रममा जोड दिनुहोला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया