बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य उत्तरायण,ग्रीष्मर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८ साल आषाढ १० गते विहिबार नेपाल सम्बत ११४१ तछलाथ्व तदनुसार सन् २०२१ जून २४ तारिक शुक्लपक्ष पूर्णिमा तिथि राती १२ वजेर २७ मिनेटसम्म ( जापानमा राती ३ वजेर ४२ मिनेटसम्म ),जेष्ठा नक्षत्र विहान ९ वजेर १८ मिनेटसम्म ( जापानमा मध्यान्ह १२ वजेर ३३ मिनेटसम्म ),शुभयोग,भद्राकरण,आनन्दादियोग काल,सूर्य मिथुन राशिमा,चन्द्रमा विहान ९ वजेर १८ मिनेटसम्म ( जापानमा मध्यान्ह १२ वजेर ३३ मिनेटसम्म ) वृश्चिक उप्रान्त धनु राशीमा । योगिनी वायव्य दिशामा,काल दक्षिण दिशामा पाश उत्तर दिशामा,चन्द्रमा विहान ९ वजेर १८ मिनेटसम्म ( जापानमा मध्यान्ह १२ वजेर ३३ मिनेटसम्म ) उत्तर उप्रान्त पूर्व दिशामा र शुक्र पश्चिम दिशामा दिनभर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मध्यान्ह सम्म समय प्रतिकुल बढि देखिन्छ । मनमा शान्ति मिल्ने छैन । मध्यान्हबाट समय सामान्य सुधार आउनेछ । कामले पूर्ण गति लिने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा सामान्य सुधार आउनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयमा काम नगरे विग्रिने छन् । पूर्वान्हमा गरेका काम प्राय सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । अपरान्हबाट समय प्रतिकुल हुनेछन् । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर अगाडि बढ्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा सुधार आउने देखिन्छ । ऋणमा काम नगर्नु होला । मुद्धा मामिलामा जीत हुनेछ । काम गर्दा गोपनीयता अप्नाउनु होला । नसोचेका ठाँउबाट धन आउन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): घर परिवारबाट सामान्य सहयोग मिल्नेछ । समयमा निर्णय लिन नसक्दा अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पढाईमा अप्ठ्यारो हुन सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । काम गर्दा अरुको मुख नताक्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयले त्यति साथ दिने छैन । घरपरिवारमा दुख कष्ट हैरानी हुन सक्छ । काम गर्ने जोश जागर मर्नेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । अतिथि खर्चमा वृद्धि हुनेछ । मध्यान्ह पछि बढि अन्योलता बढ्न सक्छ । चिन्ता बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): पूर्वान्ह अनुकुल नै देखिन्छ । काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मध्यान्ह पछिको समय प्रतिकुल बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ । आफन्तबाट सहयोग पाईने छैन । घर परिवारका समस्या बल्झिने छन् । मनमा अशान्ति बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): ग्रह, गोचर ठीकै देखिन्छ । दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल हुनसक्छ । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । काम गर्न सके दाम आउनेछ । इष्टमित्र साथी भाईको सहयोग मिल्नेछ । प्रयत्नपूर्वक गरेमा काम सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाईमा प्रगति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पूर्वान्ह अनुकुल देखिन्छ । जोश जागरका साथ कर्म क्षेत्रमा लागिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । आन्तरिक कुरा कसैलाई नखोल्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समय त्यति अनुकुल देखिन्न नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन । व्यर्थको घुमाई फिराई बढि होला । मध्यान्ह पछि भने समय अनुकुल हुनेछ । समस्याको समाधान निस्कनेछ । गरेका काम सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कुनै काम गर्नु छ भने पूर्वान्हमा गर्नु होला । अस्थिर मन लिएर काम नगर्नु होला । परिवारको सहयोगमा काम बन्ने छन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अपरान्ह पछि समय प्रतिकुल हुनेछ । सोचाईको विपरित काम हुनेछन् । मनमा आशान्ति बढ्नेछ । मिथ्य कुराले सताउनेछ । व्यापार घट्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा देखिएका समस्या हटेर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । उधारो रकम उठ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): मानसिक तनावमा कमी आउनेछ । वैदेशिक यात्रा सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । अरुका काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । तर मध्यान्ह पछि भने आफ्नै काम हुनेछन् । गतिरोध हट्नेछ । पुरान विवादको अन्त्य हुनेछ । पराक्रम बढ्नेछ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया