बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य उत्तरायण,ग्रीष्मर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८ साल आषाढ ६ गते रविबार नेपाल सम्बत ११४१ तछलाथ्व तदनुसार सन् २०२१ जून २० तारिक शुक्लपक्ष दशमी तिथि मध्यान्ह १२ वजेर २७ मिनेटसम्म ( जापानमा अपरान्ह ३ वजेर ४२ मिनेटसम्म ),चित्रा नक्षत्र अपरान्ह ३ वजेर ४६ मिनेटसम्म (जापानमा साँझ ७ वजेर १ मिनेटसम्म ),परिघयोग,गरकरण,आनन्दादियोग पद्म,सूर्य मिथुन राशिमा,चन्द्रमा तुला राशीमा । योगिनी उत्तर दिशामा, काल उत्तर दिशामा पाश दक्षिण दिशामा । चन्द्रमा र शुक्र पश्चिम दिशामा दिन भर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): खेलकुदमा अभिरुची बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । बादविबादमा जीत हुनेछ । लोभमोह बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । देश,देशान्तरका बन्ध व्यापारबाट आम्दानी राम्रै हुनेछ । बैदेशिक कार्य सफल हुने देखिन्छ । पारिवारिक सुख,शान्ति मिल्नेछ । गायन,कला सहित्यमा रुची बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): रिस,डाहा गर्ने बढि हुनेछन् । गोप्य सूचना नचुहाउनु होला पछि आफैलाई घाटा हुनेछ । संघर्षबाट सफलताका सिढि चढ्न पाईनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । पहिचान नभएका व्यक्तिसँग आर्थिक करोवार नगर्नु होला । शैक्षिक गतिविधि कम हुनेछन् । प्रतिश्पर्धाबाट नभागि अगाडि बढ्नु होला । अरुको भरु नपर्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आफुमा भएको ज्ञान शिपको प्रयोग गर्न पछि नपर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफुले लिने फाईदा अरुले लिने छन् । आलस्यता बढ्नेछ । पढाईका साथै बाहिरी काममा चासो बढ्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । चल सम्पतिको अभावमा काम गर्न गाह्रो हुनेछ । धन दिएर आफन्तलाई टाढा नबनाउनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाई बन्धुको सहयोग कम मिल्नेछ । विवादित काममा हात नहाल्नु होला । धन सम्पतिको विषयलाई लिएर बढि टाउको दुखाई हुनेछ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । फजुल खर्च बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नसक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफ्नै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । धन दिएर कोहि आफ्नो बन्नेछैन । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । बौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कमाईमा भन्दा रमाईमा बढि ध्यान केन्द्रित हुनेछ । ईष्टमित्रबाट सामान्य सहयोग पाईनेछ । घर परिवारमा सामान्य समस्या आउन सक्छन् । घरका समस्या मिलाउन समय लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । संचित धन खर्च हुनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहला । हतारमा गरेका काम विग्रिने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले थोरै साथ दिनेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । रोकिएका काम बन्ने छन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । ईष्टमित्र साथी भाईबाट सहयोग पाईनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): उपलब्धिका काम भन्दा खर्चका काम सहज रुपमा हुनेछन् । घुमफिर रमाईलोमा दिनको अधिकाँश समय खर्च हुनेछ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । बोलिको प्रभाव घट्नेछ । पढाई लेखाईमा सोचे जस्तो प्रगति हुने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । लगानी नबढाउनु होला गरेमा डुब्ने सम्भावना बढि देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): भाग्यले साथ दिनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा अग्रसरता बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । धन दिने काम नगर्नु होला । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । सहयोगी मन भेटिने छन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयको गतिसैग काममा सुधार आउनेछ । विवादित काममा हात नहाल्नु होला । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक उत्तरदायित्व थपिनेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । हतारमा कुनै पनि निर्णय नलिनु होला । सहि निर्णयको अभावमा पूर्ण लाभ लिन सकिने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): धर्म कर्ममा ध्यान जानेछ । आफ्ना काम भन्दा अरुका काम बढि हुने छन् जसका कारण अफ्ना धेरै काम अधुरा रहने छन् । अरुको काम गरेर जश कमै मिल्नेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । मानसिक तनावमा कमि आउनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):समय प्रतिकुल बन्दै छ । गलत निर्णय हुनसक्छ । विश्वासको संकट पर्नेछ । आफ्नो सोचाईको विपरित काम हुनेछन् । मानसिक चिन्ता बढ्नेछ । पढाई लेखाईमा ध्यान जाने छैन । व्यापारमा गिरावट आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । कर्म क्षेत्रमा वैरीको आगमन हुनसक्छ । आर्थिक कारोवारमा विचार पु-याउनु होला ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया