शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य उत्तरायण,ग्रीष्मर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८ साल आषाढ ३ गते विहिबार नेपाल सम्बत ११४१ तछलाथ्व,सन् २०२१ जून १७ तारिक शुक्लपक्ष सप्तमी तिथि अपरान्ह ५ वजेर ५५ मिनेटसम्म (जापानमा राती ९ वजेर १० मिनेटसम्म), पूर्वफाल्गुनी नक्षत्र साँझ ६ वजेर ५८ मिनेटसम्म (जापानमा राती १० वजेर १३ मिनेटसम्म), सिद्धियोग,गरकरण,आनन्दादियोग गद,सूर्य वृष राशिमा,चन्द्रमा राती १२ वजेर ४८ मिनेटसम्म (जापानमा १८ तारिक विहान ४ वजेर ३ मिनेटसम्म) सिंह उप्रान्त कन्या राशीमा । योगिनी वायव्य दिशामा,काल दक्षिण दिशामा । चन्द्रमा पूर्व दिशामा शुक्र पश्चिम दिशामा दिन भर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): जुन सोचाईका साथ अगाडि बढ्नु हुनेछ त्यो प्राप्त गर्न गाह्रो हुनेछ । पठन पाठन कार्यमा सामान्य प्रगति हुनेछ । समस्याको भूमरीबाट उम्किन ठुलै प्रयत्न गर्नु पर्नेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । नोकरी र राजनीतिबाट सोचे जस्तो उपलब्धि हात लाग्ने छैन । आर्थिक विषय बस्तुले बढि पिरोल्ने छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कार्य शिथिलता बढ्नेछ । सुख,शान्तिमा कमि आउनेछ । इच्छा विपरित काम हुदा तनाव बढ्नेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । घरयासी खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुनेछैन । सवैलाई विश्वास गर्नु गलत हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): सहास,धैर्यता र पराक्रम बढ्नेछ । पुराना समस्या समाधान हुनेछन् । नयाँ काम हात पार्नको लागि ठुलै कसरत हुनेछ । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् । सहयोग मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मुखको सहयोग धेरै पाईनेछ तर व्यवहारिक रुपमा सहयोग खासै मिल्ने छैन । अस्थिरताले आफुलाई कमजोर बनाउनेछ धैर्यता नतोड्नु होला । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यवसायमा लगानी नबढाउनु होला । कामबाट सामान्य लाभ होला । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । यत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): गलत चिन्तनको अवसान हुनेछ । नयाँ जोश जागरका साथ कर्म क्षेत्रमा लाग्नु हुनेछ । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिनको लागि निम्तो आउनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । चुनौति सामना गर्ने सामथ्र्यता बढ्नेछ । सहयोग मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): विना उपलब्धिका काममा समय र धन लगानी हुनेछ । अनावस्यक विवाद पर्न सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आवेगमा आएर कुनै निणर्य नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यर्थको घुमाई फिराई हुनेछ । मिथ्या अरोप लाग्न सक्छ । जोखिम मोलेर काम नगर्नु होला । विश्वासमा धोका हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आफ्ना समस्या आफै भित्रबाट समाधान खोज्नु होला । अरुको शरणमा गएर केहि मिल्ने छैन । आफन्तबाट सामान्य सहयोग मिल्नेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । गरेका काम उदारणीय हुनेछन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): गतिरोध हट्नेछ । पुराना समस्या समाधान हुनेछन् । भाग्यले साथ दिनेछ कर्म गर्न पछि नपर्नु होला । कुरा सुन्नु अरुको काम गर्नु मनको । आर्थिक कारोवारमा भने थोरै सतर्क रहनु होला । नोकरी तथा राजनीति गतिविधि बढ्ने छन् । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले पूर्ण साथ दिने छैन तर सुधारोन्मुख देखिन्छ । मानसिक तनावमा थोरै कमि आउनेछ । अरुको काममा समय बढि दिदा उपलब्धिका आफ्ना काम ओझेलमा पर्ने छन् । सकरात्मक सोचको विकाश हुनेछ । गुमेको आस्था र विश्वास पलाउनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम नै रहनेछ । आर्थिक कारोवारमा सचेत रहनुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयले साथ दिने छैन । आशा निरासामा परिणत हुने देखिन्छ । दैनिक काम काजमा अवरोध आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर हुनेछ । अरुको विश्वास र भरोसामा काम गर्दा धोका खाईनेछ । चिन्ताले छोड्ने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ समयको सदुपयोग गर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने सपनाहरु सकार पार्न सकिनेछ । स्वव्यवसायबाट आय आर्जन थोरै बढ्नेछ । साथि भाई तथा इष्ट मित्रबाट सामान्य सहयोग पाईनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): बनाउन सहयोग होइन भत्काउन सहयोग गर्ने धेरै हुनेछन् चिनेर व्यवहार गर्नु होला । साना साना भन्दा साना काम सफल गर्न पनि ठुलै मेहनत गर्नु पर्नेछ । कार्य गोपनियता आवस्यक देखिन्छ । मनलाई नियन्त्रण गरेर कर्म क्षेत्रमा प्रवेश गर्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउने देखिन्छ । इज्जतको ख्याल राख्नु होला ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया