शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य उत्तरायण,ग्रीष्मर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८ साल आषाढ १ गते भौमबार नेपाल सम्बत ११४१ तछलाथ्व,सन् २०२१ जून १५ तारिक शुक्लपक्ष पञ्चमी तिथि साँझ ७ वजेर ४० मिनेटसम्म (जापानमा राती १० वजेर ५५ मिनेटसम्म), अश्लेषा नक्षत्र साँझ ७ वजेर १३ मिनेटसम्म (जापानमा राती १० वजेर २८ मिनेटसम्म), व्याघातयोग, बवकरण, आनन्दादियोग आनन्द, सूर्य वृष राशिमा, चन्द्रमा साँझ ७ वजेर १३ मिनेटसम्म (जापानमा राती १० वजेर २८ मिनेटसम्म) कर्कट उप्रान्त सिंह राशीमा । योगिनी दक्षिण दिशामा,काल पश्चिम दिशामा पाश पूर्व दिशामा । चन्द्रमा उत्तर दिशामा शुक्र पश्चिम दिशामा दिन भर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सानो कुरालाई लिएर पारिवारिक द्वन्द्व चल्न सक्छ होशियार हुनुहोला । साना साना कुराले भोली असर गर्नेछ । खरीद गरेका वस्तु कमसल पर्ने छन् । सामाजिक उत्तरदायित्व वहन गर्न सकिने छैन । व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): संचित धन बढ्नेछ । धार्मिक गतिविधिबाट लाभान्वित हुनुहुनेछ । भाई बन्धु स्त्री तथा सन्तानबाट सहयोग,सुख एवं शान्ति मिल्नेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति गरिनेछ । दीक्षा भ्रमण हुनसक्ने कुरालाई नकार्न सकिन्न । साँझपख समय प्रतिकुल बन्नेछ । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । फजुल खर्चमा वृद्धि हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आर्थिक पक्ष कमजोर देखिन्छ । आर्जनका काम भन्दा भोर्जनका काम बढि हुनेछन् । सहयोग गर्ने भन्द असहयोग गर्ने बढि हुनेछन् । दिने भन्दा लिन खोज्ने बढि होलान् । व्यापारमा आएको मन्दि कायम रहने देखिन्छ । आफन्तमा झगडा हुनसक्छ सजग रहनु होला । साँझपख समयमा सामान्य सुधार आउनेछ । विवादबाट टाढा बस्नु उचित हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम हुनसक्छ सचेत भएर काम गर्नु होला । परोपकारी काम हुनेछन् । दान पुण्यमा धन खर्च हुनेछ । उपलब्धिका काम भन्दा बढि मनोरञ्जनमा ध्यान जानेछ । घरमा जमघट बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विवादित काममा हात नहाल्नु होला । सहयोग अल्प मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मेहनत पूर्वक गरेका कामबाट पनि उचित लाभ लिन सकिने छैन । आफन्तमा झै–झगडा पर्न सक्छ । संचित धनमा ह्रास आउनेछ । व्यय मार्गका ढोका अझै बन्द हुने देखिन्न । आशा र भरोसा टुट्न सक्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यापार व्यवसायमा घाटा हुनेछ । यात्रा गर्दा सतर्क रहनु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयमा काम सम्पन्न गर्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा सामान्य सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । ढिला सुस्ति भएमा आएको अवसर पनि गुम्ने सम्भावना रहनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अपरान्ह पछि समयले कम साथ दिनेछ । आम्दानीका मार्ग खुम्चिने तथा व्ययका मार्ग खुल्नेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सामान्यतया दिन अनुकुल नै देखिन्छ । बातावरण मिलाएर काम गर्नु होला । चुनौतिका विच धेरै काम बन्ने छन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आफुमा भएको ज्ञान र शिपको प्रयोग गरेर अगाडि बढ्नु होला । घर बाहिर बसेर गरेका काम बढि फलदायी हुनसक्छ । व्यापारमा सुधार आउनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्ति कम हुने देखिन्छ । तर समय भने सुधारोन्मुख देखिन्छ । कामले विस्तारै गति लिनेछ । आशाका अङ्कुर पलाउने छन् । दीक्षा यात्रा हुनसक्ने कुरालाई नकार्न सकिन्न । उपकारी काम हुनेछन् । बाह्य काममा समय बढि दिनु भयो भने आफ्ना काम अधुरा रहने छन् । सहयोग कम मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले अझै साथ दिने देखिन्न । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्नेछ । शरीरिक एवं मानसिक थकान बढ्नेछ । लेनदेन कारोवारमा समस्या सृजना हुनसक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । वोलीको अनर्थ लगाउने छन् । अर्थ अभाबका कारण योजना कार्यन्वयनमा ढिला सुस्ति हुनेछ । आफन्त सँग विश्वास गुम्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अर्थ अभावको महशुस हुनेछ । जीवन साथिको सहयोग लिएर काम गर्दा बढि फाइदा हुनेछ । लगनशिल भई समयमा गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापारिक यात्रा हुनसक्छ । बादविबादबाट टाढा बस्नुहोला । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने अवस्था आउन सक्छ । साँझपख काममा अवरोध तथा खर्च विवाद बढ्न सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): हेलचक्र्याई गरेमा दुःख पाईनेछ । काम गरेर अरुलाई बढि कमाई दिने अवस्था आउन सक्छ । अरुको भर परेर काम गर्नु भयो भने अवसरबाट वञ्चित हुने अवस्था आउनेछ । संघर्षबाट केहि उपलब्धि हात लाग्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । राजनैतिक व्यक्तिको विश्वास परेर कुनै काम नगर्नु होला । मुद्धामा जीत हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दुष्ट स्त्रीको संगले इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । आफ्नो भन्दा अरुको पालन पोषण बढि हुनेछ । काम गरेर जश कमै मिल्नेछ भने विवाद बढि हुनेछ । स्पष्ट कार्य दिशा तयार तय नहुदा कार्य योजना अगाडि बढ्ने छैनन । बस्तु खरीदमा खर्च हुनेछ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया