शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल कार्तिक १४ गते शुक्रबार नेपाल सम्बत ११४० कौलाथ्व,तदनुसार सन् २०२० अक्टोबर ३० तारिक आश्विन शुक्लपक्ष चतुर्दशी तिथि साँझ ५ वजेर २५ मिनेटसम्म ( जापानमा राती ८ वजेर ४० मिनेटसम्म ),रेवती नक्षत्र अपरान्ह ३ वजेर ४६ मिनेटसम्म (जापानमा राती ७ वजेर १ मिनेटसम्म),वज्रयोग,वणिजकरण,आनन्दादियोग श्रीवत्स,सूर्य तुला राशिमा,चन्द्रमा अपरान्ह ३ वजेर ४६ मिनेट सम्म ( जापानमा राती ७ वजेर १ मिनेटसम्म ),मीन उप्रान्त मेष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अपरान्ह पूर्व कामले गति लिने देखिन्न । काम गर्दा हेलचक्र्याई नगर्नु होला । खर्च विवाद आदिबाट जोगिनु होला । अपरान्हबाट समयमा क्रमिक सुधार आउनेछ । साँझपख केहि काम हुनेछन् । कार्य लगनशिलता बढ्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । ऋण लगानीमा जोड नदिनु होला । अरुको बोलीमा मात्रै विश्वास नगर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिनको अधिकाँश समय अनुकुल देखिन्छ । समयको ख्याल राखेर काम गर्नु होला नत्र आएको अवसर गुम्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । काममा रोकावट आउने संकेत देखिने छन्र । साँझपख खर्चमा वृद्धि हुनेछ । सोझै अरुको विश्वास गरेर काम नगर्नु होला हानी हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आजको ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । कार्य सम्पादनका हिसावले अपरान्ह पूर्व बढि ठीक देखिन्छ । सहज तरिकाबाट कार्य सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । घर परिवारबाट सहयोग मिल्नेछ । आपरान्ह आय आर्जनका हिसावले राम्रो रहला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रिस,डाहा गर्ने आफै किनारा लाग्ने छन् । गतिरोध हट्नेछ । पूर्वान्हमा गरेका काम भन्दा अपरान्हबाट शुरु गरेका काम बढि सफल हुनेछन् । काममा देखिएका समस्या कम भएर जानेछन् । ऋण लगानी गर्दा विशेष ध्यान दिनु होला । पठन पाठनमा सामन्य प्रगति हुनेछ । मानसिक तनावमा थोरै कमी आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कुलत र गलत संस्कार भएका व्यक्तिको फन्दामा पर्न सकिन्छ सतर्क रहनु होला । नोक्सानका काम बढि हुनेछन् । चिन्ताले छोड्ने छैन । आफन्त प्रतिको आस्था र विश्वास घट्नेछ । व्यापार व्यवसायबाट लगानी गरे अनुसारको उपलब्धि हात लाग्ने छैन । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । तनावमा थोरै कमि आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): पूर्वाद्ध थोरै अनुकुल देखिन्छ गरेका केहि काम सफल हुनेछन् । उत्तराद्र्ध प्रतिकुल बन्नेछ । काममा विलम्ब गर्नु भयो भने उपलब्धिका अवसर गुम्नेछन् । विश्वास र भरोसा टुट्नेछ । अन्तिम चरणमा पुगेका काम विग्रिन सक्छन् । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । स्वस्थ्यमा समस्या आउनेछ । चिन्ता बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन सामान्यतया अनुकुल नै देखिन्छ । विवादको अन्त्य हुनेछ । परिश्रमको प्रतिफल राम्रो निस्कने छ । गरेका अधिकाँश काम  सफल हुनेछन । स्वव्यवसायमा उन्नति प्रगतिका सम्भावना बढि देखिन्छ । आफन्तको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ,आम्दानी बढ्नेछ । पढाईमा प्रगति हुनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्दा दुविधामा नपर्नु होला । दृढ विश्वासका साथ अगाडि बढ्नु होला गरेका कामबाट लाभ लिन सकिनेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । हृदयबाट सहयोग गर्ने कम हुनेछन् । विरोधीको संख्या बढ्नेछ । साना,साना काम सम्पन्न गर्न पनि धेरै मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले खासै साथ दिने देखिन्न । जोखिम मोलेर काम नगर्नु होला । आर्थिक संरचनालाई नचलाउनु होला क्षय हुनसक्छ । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला । शरीरिक शिथिलता बढ्नेछ । अरुको काम गरेर जश पाईने छैन । लगानी अनुसारको व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन । भ्रममा परिनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):अपरान्ह पूर्व गरेका धेरै जसो काम सफल हुनेछन् । त्यसैले समयको महत्व वुझेर समयमा काम सम्पन्न गर्नु होला । अपरान्हबाट समयले कम साथ दिनेछ । काम गर्ने उत्साहामा कमी आउनेछ । काम अनुसारको दाम हात पार्न कठिनाई हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । खर्च विवाद बढ्न सक्छ । चिन्ता बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिनको अधिकाँश समय मध्यम देखिन्छ । उपलब्धिका काम कम हुनेछन् । ऋण लगानी गर्दा एकपटक सोचेर गर्नु होला । अपरान्हबाट समय थोरै अनुकुल हुनेछ । पढाईमा ध्यान जानेछ । लगनशिलता बढ्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । अरुको भर नपर्नु होला,आफन्तबाट अल्प सहयोग मिल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयमा गरेका अधिकाँश काम सफल हुनेछन्,ढिला सुस्ति गरेमा उपलब्धि शून्य त हुने छैन तर कम हात लाग्नेछ । ढिला गर्दा कार्य सम्पन्न गर्न धेरै मेहनत गर्नु पर्नेछ । सहयोगी घट्ने छन् । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । आर्थिक क्षेत्रमा प्रगति कम होला । अरुको कुरामा विश्वास गर्दा घाटा हुनेछ । व्यापार व्यवसायबाट कम आम्दानी हुनेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

तपाईको प्रतिक्रिया