शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल आश्विन १८गते रविबार नेपाल सम्बत ११४० अनलागा,तदनुसार सन् २०२० अक्टोबर ४ तारिक अधिक आश्विन कृष्णपक्ष तृतीया तिथि अहोरात्र (जापानमा द्वितीया तिथि विहान ८ वजेर ४४ मिनेटसम्म उप्रान्त तृतीया तिथि), अश्विनी नक्षत्र विहान ११ वजेर १२ मिनेटसम्म (जापानमा अपरान्ह २ वजेर २७ मिनेटसम्म), हर्षणयोग, वणिजकरण, आनन्दादियोग आनन्द, सूर्य कन्या राशिमा, चन्द्रमा मेष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दैनिक काममा थोरै परिवर्तन हुनसक्छ । समस्याको समाधान पत्ता लाग्नेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षमा हुनुहुनेछ । पढाई प्रति ध्यान कम जानेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । सहयोग सहानुभुति मिल्नेछ । कहि कतैबाट अतिथिको लागि आमन्त्रण हुनसक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): मन भ्रान्ति हुनसक्छ । शारीरिक शिथिलता बढ्नेछ । उपलब्धिका काममा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । संचित धन नास हुनसक्छ । व्यर्थको घुमाई बढि हुनेछ । व्यापारमा गरेको लगानी डुब्न सक्छ । आफन्तबाट नै विरोधीको व्यवहार हुनसक्छ । परिश्रमको मुल्य पाईने छैन । आस्था र विश्वास घट्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): सामान्यतया दिन अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । कार्य लगनशिलता बढाउनु होला । प्रयत्न गरेमा उधारो रकम उठ्नेछ । सहयोग गर्ने पनि भेटिने छन् । प्रलोभनमा पारेर फाइदा लिन खोज्दै छन् सतर्क रहनुहोला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): असहज स्थितिबाट सहज स्थितिमा प्रवेश हुनेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । गुमेको विश्वास पलाउनेछ । कार्य क्षमतामा वृद्धि हुनेछ । सहयोगी हात भेटिने छन् । सामाजिक दायित्व बढ्नेछ । पार्टनरमा काम नगर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयले पूर्ण साथ दिने छैन । तर स्वास्थ्यमा सुधार एवं तनावमा थोरै कमि आउनेछ । आन्तरिक भन्दा बाह्य र फाईदाका भन्दा घाटाका काम बढि हुनेछन् । आशा र भरोसामा काम गर्दा पछि परिनेछ । पढाईमा रुची बढ्नेछ । धार्मिक क्रियाकलपमा सक्रियता बढ्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दिन प्रतिकुल बढि देखिन्छ । आशा र भरोसा निराशामा परिणत हुनेछ । काम गर्ने वातावरण खलबलिनेछ । दुर्जनहरुको सक्रियता बढ्नेछ भने सहयोगी हात पन्छिने छन् । दैनिका काममा समस्या आउन सक्छ । मानसिक तनावमा वृद्धि हुनसक्छ । खर्च बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन सामान्य अनुकुल देखिन्छ । हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिनेछ । प्रयत्न गर्नु होला नयाँ काम हात पार्न सकिनेछ । पुरानो विवादको टुङ्गो लाग्नेछ । दैनिका काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावनाहरु देखिनेछन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण कामहरु हुनेछन् ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): संघर्षको बाटो तय गर्नु होला सहज रुपमा केहि काम हुने छैनन । कार्य क्षेत्रमा शत्रुहरुको आगमन हुनसक्छ सुरक्षित हुनुहोला । अरुको भर विश्वासमा काम गर्नु भयो भने प्राप्त उपलब्धि पनि गुक्नेछन । व्यापारमा सामान्य सुधार आउनेछ । राजनीति तथा नोकरीमा बढि तनाव हुनसक्छ । प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दुविधा बढ्न सक्छ । समयमा निर्णय लिन सकिएन भने उपलब्धि गुम्न सक्छ । लेनदेन कारोवारमा समस्या आउन सक्छ । इच्छाशक्ति मरेर आउनेछ । वोलीको अनर्थ लाग्न सक्छ । आफन्त पराई हुनसक्छन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । शैक्षिक तथा वैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): पूशारीरिक एवं मानसिक थाकान बढि हुनेछ । आवेगमा आएर कुनै काम नगर्नु होला क्षति बढि हुनसक्छ । आफ्नो धन खर्च गरेर अरुलाई सहयोग गर्नुको कुनै अर्थ रहने छैन । विवादबाट टाढा बसेर काम गर्नु होला । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन घट्नेछ । मन विसाउने चौतारी मिल्ने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): उद्योग,पराक्रम बढ्नेछ । थोरै प्रयत्न गर्नु भएको खण्डमा नयाँ काम हात पार्न सकिनेछ । धार्मिक काममा धन खर्च हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा विचार पु¥याउनु होला । गुह्य कुरा नखोल्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): कुटनैतिक विधि अप्नाएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । आर्थिक कारोवारमा सामान्य सुधार आउनेछ । वोलीको प्रभाव थोरै पर्नेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । परिश्रम अनुसारको प्रतिफल मिल्नेछ । व्यापार व्यवसायबाट मुनाफा कम हुनेछ । पढाई लेखाईमा त्यति ध्यान जाने छैन । साझेदारले दुःख दिन सक्छन् ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया