शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल आश्विन १५गते विहिबार नेपाल सम्बत ११४० अनलाथ्व,तदनुसार सन् २०२० अक्टोबर १ तारिक अधिक आश्विन शुक्लपक्ष पूर्णिमा तिथि राती १ वजेर २७ मिनेटसम्म ( जापानमा राती ४ वजेर ४२ मिनेटसम्म ),उत्तरभाद्रा नक्षत्र अहोरात्र ( जापानमा पूर्वभाद्रा नक्षत्र विहान ७ वजेर ३ मिनेटसम्म उप्रान्त उत्तरभाद्रा नक्षत्र ),वृद्धियोग,भद्राकरण,आनन्दादियोग छत्र,सूर्य कन्या राशिमा,चन्द्रमा मीन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयले साथ दिने छैन नयाँ क्षेत्रमा हात नहाल्नु होला । पढाई लेखाईमा प्रगति हुने छैन । विश्वासमा धोका हुनेछ । आसा र भरोसा निराशामा परिणत हुने देखिन्छ । । अनावस्यक काममा समय खर्च हुनेछ । श्रमको मूल्य हराउनेछ । मिथ्या आरोप लाग्न सक्छ सर्तक रहनु होला । वित्त स्थिति विग्रिनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कार्य लगनशिलता बढ्नेछ । विश्वासको भरमा काम हुनेछन् । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । दूर्जनहरु आफ्नै बाटो लाग्ने छन् । सहयोगी सहकार्यको लागि अगाडि आउने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आर्थिक क्षेत्र बाहेक अन्य क्षेत्र राम्रै देखिन्छ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । कार्य व्यस्तता बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । राजनैतिक गतिविधि बढ्ने देखिन्छ । बाह्य व्यक्तिको भर नपर्नु होला । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । उधारो प्रस्ताव आउन सक्छ विश्वास नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय सुधारोन्मुख छ लगनशिलता बढाउनु होला कामले गति लिनेछ । बाह्य कुरामा बढि ध्यान जान सक्छ जसका कारण उपलब्धि गुमाउने अवस्था आउनेछ । हेलचक्र्याई नगर्नु होला । राजनैति हतियार प्रयोग गरेर काम गर्ने सपना नदेख्नु होला । पढाई लेखाई प्रगति हुनेछ । पारिवारिक समस्यबाट पूर्ण मूक्ति मिल्ने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बाधा अवरोधको सामना गर्नु पर्नेछ । शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अबस्था रहने छैन । कसैलाई दिएको धन डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछन । गलत विचारको शिकार हुनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । प्रतिष्ठामा आच आउन सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । हेलचक्र्याई नगरि कार्य योजना अगाडि बढाउनु होला । विदेश यात्राको सम्भावना नकार्न सकिन्न । प्रेम प्रस्ताव आउनेछ भने दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सहजता देखिदैन प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला केहि उपलब्धि हात लाग्नेछ । अरुले गरिदिने छन् होइन आफ्ना समस्या आफैले समाधान गर्नु होला । परिश्रमको अन्तिम प्रतिफल मिठो निस्कने छ । खेलाडीको लागि दिन अनुकुल देखिन्छ । साझेदारी काममा लगानी नगर्नु होला । अस्थिरतालाई त्याग्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अनुकुल बातावरणमा काम गर्न पाईने छैन । विभिन्न समस्याले घेर्नेछ । घरका कुरा धेरै गर्नु पर्ला । घरयासी प्रयोजनको लागि समान खरीद गर्नु पर्ला । मनमा एक प्रकारको चिन्ताले बास गरि रहनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा खरावी हुनसक्छ । धार्मिक काममा धन खर्च हुनेछ । दया मायाँ गर्नेको संख्या कम हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): सामान्यतया ग्रह गोचर अनुकुल देखिन्छ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । राजनीति लडाईमा जीत हुनेछ । आर्थिक कारोवार गर्दा चनाखो हुनुहोला । अरुको भर धेरै नपर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): पूजाआचा धर्म कर्ममा मन जानेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ । इष्टमित्र साथी भाईमा अल्प प्रेम होला । हृदयबाट सहयोग गर्ने कोहि हुने छैन । विवाद देखि टाढा बसी आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने उत्साहा बढ्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा कमी आउने छ । व्यापार व्यवसायमा सुधार आउनेछ । आम्दानी बढ्नेछ । भोज भतेर,धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । नोकरी तथा राजनीतिमा अधिकारको खोजी हुनेछ । उधारो कारोवार भने नगर्नु होला । वचतमा जोड दिनुहोला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): ग्रह,गोचर ठीकै देखिन्छ । भोज भतेरको निम्ता आउनेछ । परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सामान्य सुख मिल्नेछ । पूर्व पूर्ण तयारीका साथ काममा लाग्नु भएमा उपलब्धि राम्रै हात लाग्नेछ । सामाजिक उचाई बढ्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

तपाईको प्रतिक्रिया