बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल आश्विन ७ गते बुधबार नेपाल सम्बत ११४० अनलाथ्व, तदनुसार सन् २०२० सेप्टेम्बर २३ तारिक अधिक आश्विन शुक्लपक्ष सप्तमी तिथि राती १ वजेर १३ मिनेटसम्म (जापानमा षष्ठी तिथि विहान विहान ६ वजेर २१ मिनेटसम्म), ज्येष्ठा नक्षत्र राती १२ वजेर २५मिनेटसम्म (जापानमा राती ३ वजेर ४० मिनेटसम्म), प्रीतियोग, गरकरण, आनन्दादियोग ध्वाँक्ष, सूर्य कन्या राशिमा, चन्द्रमा राती १२ वजेर २५ मिनेटसम्म (जापानमा राती ३ वजेर ४० मिनेटसम्म) वृश्चिक उप्रान्त धनु राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्ने वाताबरण अझै बन्ने देखिन्न । विभिन्न खालका समस्या झेल्नु पर्ला । सुख शान्तिमा कमि आउनेछ । घरमा बस्न मन लाग्ने छैन । गरेको लगानीबाट प्रतिफल पाईने छैन । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । लगानीका मार्ग प्रशस्त नगर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । समयको सदुपयोग गर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । जीवन साथीबाट सामान्य सहयोग मिल्नेछ । काममा ढिला सुस्ति गर्नु भयो भने सोचे जस्तो उपलब्धि हासिल हुने छैन । हेलचक्र्याई कुनै कुरामा नगर्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयको गति सगै काममा सुधार आउनेछ । नयाँ जोश,नयाँ काम,नयाँ विचार आजको प्राथमिकता रहनेछ । मुद्धा जीत हुनेछ विवादको अन्त्य हुनेछ । आयत निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । पारिवारिक भेटघाट बढ्नेछ । लेनदेन कारोवार गर्दा भने सोच विचार गर्नु होला । इष्टमित्रको भर परेर काम नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भक्तिभाव बाट मात्र कुनै काम हुने छैनन । सहज रुपमा कहि कतै केहि हुने छैन । उपलब्धिका काममा चासो कम हुनेछ । मनोरञ्जनात्मक खर्च बढ्नेछ । साथी भाईसँग भेटघाट हुनेछ । पठन पाठनमा कम ध्यान जानेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । अरुको भरमा काम नगर्नु होला विग्रिने अवस्था रहनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय त्यति अनुकुल देखिन्न । हेलचक्र्याई नगरि काम गर्नु होला । घर परिवारका समस्यमा झेलिनु पर्नेछ । व्यापार व्यवसायबाट आम्दानीको तुलनामा खर्च बढि हुनेछ । इष्टमित्र साथी भाईका कुरा ठीकै ठीकै हुनेछन् । पढाई लेखाई र सन्तानको बारेमा बढि चिन्ता हुनेछ । जोखिम मोलेर यात्रा नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समग्रमा दिन अनुकुल देखिन्छ समयको सदुपयोग गर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । आफन्त बाट पनि सहयोग पाईनेछ । आत्मविश्वास,आत्मबलमा कुनै कमि आउने छैन । धन संचितीमा वृद्धि हुनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । विरोधी आफै कमजोर बन्ने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समय विस्तारै अनुकुल बन्दै आउनेछ । कुरा भन्दा काममा जोड दिनु होला । वित्तिय क्षेत्रमा सुधारका संकेत देखिने छन् । साथी भाई इष्टमित्रबाट सहयोग अल्प मिल्नेछ । प्रयत्न बाट नै सफलताको यात्रा अगाडि बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन सोचे जस्तो हुने छैन । काममा साना तिना समस्या आईरहने छन् ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयमा गरेका काम सफल हुनेछन् । आफुमा भएको उर्जाको सदुपयोग गर्नु होला । विचारमा परिवर्तन आउनेछ । आर्थिक उपलब्धिका काम कम हुनेछन् । संचित धन नचलाउनु होला । आफन्तबाट कुराको सहयोग मात्र हुनेछ,कामको सहयोग खासै हुने छैन । अल्छि नगरिकन काम गर्नु होला । व्यापारमा उधारो काम नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): पुरै दिन अनुकुल छैन भन्दा बढि हुने छैन । मनोरञ्जन तथा स्वागत सत्कारमा बढि धन खर्च हुनेछ । सहयोगी हात भेटिने छैन । काम गर्दा अन्योलता बढ्नेछ । स्पष्ट वोल्दा कहिले कहि आफुलाई अप्ठ्यारो पर्ने हुदा विचार पु¥याउनु होला । व्यापार व्यवसायबाट नाफ भन्दा घाटा बढि हुनसक्छ । भावना वुझि दिने कोहि हुनेछैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयमा गरेका कामबाट उचित फल मिल्नेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । थोरै प्रयत्न गर्नु भयो भने बक्यौता रकम उठ्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पढाई लेखाईमा प्रगति हुनेछ । शैक्षिक र वैदेशिक मार्ग बढि सफल देखिन्छन । परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार,व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयको महत्वलाई वुझेर अगाडि बढ्नु होला । लगनशिलताबाट नै लक्ष्यमा पुग्न सकिनेछ । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । विरोधी कमजोर हुनेछन् जसका कारण आफु लाभान्वित भईनेछ । भाग्यले साथ दिनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन मध्यम खालकोे देखिन्छ । भाग्य भन्दा कर्ममा विश्वास गरेर अगाडि बढ्नु होला । वित्तिय कारोवारमा सामान्य सुधार आउनेछ । उपलब्धिका काम कम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन सामान्य होला । सहयोगी मन खोज्नु पर्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । दानपुण्यका काम हुनेछन् ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया