बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल आश्विन ५ गते सोमबार नेपाल सम्बत ११४० अनलाथ्व,तदनुसार सन् २०२० सेप्टेम्बर २१ तारिक अधिक आश्विन शुक्लपक्ष चतुर्थी तिथि विहान ७ वजेर ३३ मिनेटसम्म (जापानमा विहान १० वजेर ४८ मिनेटसम्म), विशखा नक्षत्र राती २ वजेर ५९ मिनेटसम्म ( जापानमा स्वाती नक्षत्र विहान ७ वजेर ४९ मिनेटसम्म उप्रान्त विशखा नक्षत्र), वैधृतियोग, विष्ठिकरण, आनन्दादियोग मित्र, सूर्य कन्या राशिमा, चन्द्रमा राती ९ वजेर २२ मिनेटसम्म (जापानमा राती १२ वजेर ३७ मिनेटसम्म) तुला उप्रान्त वृश्चिक राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काममा सक्रियता बढाउनु होला । जति ग¥यो उति आफुलाई फाइदा हुनेछ । काममा ढिला सुस्ति गरेमा उपलब्धि गुम्नेछ । तर आजको अधिकाँश समय भने अनुकुल नै देखिन्छ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन हुने नै छ । प्रेरणाका स्रोत भेटिने छन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): संघर्ष नगरि कहि केहि मिल्ने छैन । गोपनियता भङ्ग गरेमा आफैलाई घाटा हुनेछ । भय त्रासको अन्त्य हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । विवादित विषयको टुङ्गो लाग्नेछ । काम गर्दा आफ्नो हात माथि पर्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । सहयोग गर्ने कमै भेटिने छन् । नयाँ कार्य योजनाका बारेमा छलफल हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अन्योलता हटेर जानेछ । गरेका काम सफल हुनेछन् । विशेष गरेर महिलाको सहयोग लिएर काम गर्नु बढि लाभदायक होला । सक्रिताले नै सफलताको शिखर चढाउनेछ । दैनिक काम काजबाट सामान्य लाभ हुनेछ । यात्रामा कठिनाई आउन सक्छ । आम्दानीलाई बचाउन गाह्रोे हुनेछ । कुरामा भन्दा काममा जोड दिनुहोला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । काम गर्न मन लाग्ने छैन । घरयासी खर्च बढ्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् । आफ्नो स्वार्थको लागि कसैले उचाल्ने काम गर्न सक्छन् बुझेर मात्र काम गर्नुहोला । भौतिक सुख,शान्तिमा कमी आउनेछ । आहार विहार नमिलाउदा स्वास्थ्य कमजोर बन्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अल्छि गर्दा अवसर गुम्नेछ भने सक्रियताले शिखर चुमाउनेछ । समयको ख्याल राखेर काम गर्नु भयो भने धेरै कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । कला सहित्य न्याय तथा शैक्षिक प्रतिष्ठानबाट लाभान्वित हुनुहुनेछ । मान सम्मान मिल्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): ग्रह,गोचर सामान्यतया मध्यम देखिन्छ । प्रयत्नपूर्वं गरेका काम सफल हुनेछन् भने अरुको भरमा मात्रै काम गर्नु भयो भने असफल हुने सम्भावना बढि देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विना सोच विचार कुनै पनि विषयमा निर्णय लिनु गलत हुनेछ । इष्टमित्र साथी भाईको सल्लाह लिएर काम गर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): भोग विलासिता तिर मात्रै मन नदिई काम तिर पनि ध्यान दिनु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । वास्तुकला तथा निमार्ण सम्बन्धि कामबाट बढि लाभ हुनेछ । वौैद्धिक व्यक्तित्व सँग नयाँ विषय बस्तुका बारेमा विचार विमर्श हुनेछ । आर्थिक कारोवारमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफुले सोचे जस्तो हुने छैन । परिश्रम अनुसारको प्रतिफल कम मिल्नेछ । खुला रुपमा काम गर्न गाह्रो हुनेछ । गरेका कामबाट आफुलाई भन्दा अरुलाई बढि फाइदा पुग्न सक्छ । भौतिक चिन्तन बढि हुनेछ । व्यर्थको घुमाई फिराई भेटघाटमा समय बढि खर्च हुने देखिन्छ । उपकारी काममा धन खर्च हुनेछ । अस्थिरता बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयको सदुपयोग गर्नु होला ढिला सुस्ति गर्दा उचित लाभ लिन सकिने छैन । एउटा कामको टुङ्गो नलगाई आर्को काममा हात नहाल्नु होला । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आफन्तका कारण खर्च गर्नु पर्ने बाध्यात्मक स्थितिको सृजना हुनसक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): स्थिर भएर काम गर्नु होला । तपाईका सोच र विचार सर्वमान्य हुनेछन् । कामले प्राथमिकता पाउनेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा प्राप्त हुनसक्ने कुरालाई नकार्न सकिन्न । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ । व्यवसायमा नयाँ सम्भावना देखिने छन् । स्वतन्त्र व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयमा विस्तारै सुधार आउनेछ । लगनशिलता बढाउनु होला । अरुका कामलाई कम प्राथमिकता दिनुहोला नत्र आफ्ना काम अधुरा रहनेछन् । यात्राको सम्भावना लाई नकार्न सकिन्न । धार्मिक काममा सक्रियता बढ्नेछ । आस्था र विश्वास बढ्नेछ । कला सहित्यतिर मन जानेछ । विरोधी कमजोर बन्नेछन् । समस्या घट्दै जानेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): परिश्रमको प्रतिफल थोरै मिल्नेछ । नयाँ कामको पनि शुरुवत नगर्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । अनावस्यक चिन्ताले सताउन सक्छ । उपलब्धि विहिन खर्च बढ्नेछ । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । आर्थिक कारोवारले टाउको दुखाउनेछ । अरुको भर परेर काम गर्नु भयो भने दुःख पाउनु हुनेछ । उपलब्धि गुम्नेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया