शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य दक्षिणायनं,वर्षर्तुः, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२,सम्वत २०७७ साल भाद्र १७गते बुधबार नेपाल सम्बत ११४० ञलाथ्व, तदनुसार सन् २०२० सेप्टेम्बर २ तारिक शुक्लपक्ष पूर्णिमा तिथि प्रातः९ वजेर ३८ मिनेटसम्म ( जापानमा मध्यान्ह १२ वजेर ५३ मिनेटसम्म ), शतभिषा नक्षत्र साँझ ६ वजेर ३२ मिनेटसम्म ( जापानमा राती ९ वजेर ४७ मिनेटसम्म ), सुकर्मयोग, बवकरण, आनन्दादियोग मानस, सूर्य सिंह राशीमा, चन्द्रमा कुम्भ राशीमा । आज प्रतिपदा श्राद्ध ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): हिसाव किताव राखेर काम गर्नु होला नत्र पछि डुबिनेछ,सधै सवैले साथ दिने छैनन । व्यापार व्यवसायबाट सोचे भन्दाथोरै राम्रो आम्दानी हुनेछ । आफन्तबाट व्यवहारिक सहयोग पाईनेछ । विरोधीहरु कमजोर बन्नेछन् । नोकरी तथा राजनीतिबाट फाइदा लिन सकिनेछ । काममा ढिला सुस्ति नगर्नु होला आएको अवसर पनि फुत्किन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):इच्छा,आकाँक्षा र कार्य क्षमता बढ्नेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । इज्जत प्रतिष्ठा वृद्धि हुने खालका काम हुनेछन् । पठन पाठनमा ध्यान जानेछ । कुरा काट्नेहरु पछि हट्ने छन् । सामाजिक काममा अभिरुची बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । आफन्तबाट सहयोग सल्लाहा सुझाव मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): धर्म कर्म तिर मन जानेछ । अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । खानपानमा ध्यान दिनुहोला नत्र स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । पढाई लेखाईमा भने थोरै प्रगति हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन प्रतिकुल देखिन्छ । वचाएर राखेका पौराणिक कुरा नष्ट हुनसक्छन् सचेत रहनु होला । सयोग गर्ने भन्द खुट्टो तान्नेको संख्या बढि हुनेछ । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिनेछ । मानसिक तनाव बढ्न सक्छ । जोखिम मोलेर नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयको उपयोग गर्नु होला पछि यो समय आउने छैन । आयत निर्यात व्यापार व्यवसायबाटबाट लाभान्वित हुनुहुनेछ । आर्जित धनलाई वचतमा परिणत गर्न गाह्रो हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । लोभ मोह बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला । पढाई लेखाईमा खासै प्रगति हुने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): बढि महत्वकाँक्षी नबनि काम गर्नु होला । हेलचक्र्याई भयो भने उपलब्धि गुम्नेछ । विरोधीको सामना गर्नु पर्नेछ । गोपनियता अप्नाएर कार्य योजना अगाडि बढाउनु होला । स्त्री एवं सन्तानको चिन्ताले छोड्ने छैन । मेहनतका साथ गरेका काम सफल हुनेछन् । संघर्षबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयमा पूर्ण सुधार देखिदैन तर समस्या भने केहि घट्ने छन् । सवैलाई आफ्नो ठान्नु धोका हुनसक्छ । दूर्जनका कारण धन खर्च हुनेछ । पढाई लेखाईमा मन जानेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सन्तान सुख कम मिल्नेछ । स्त्रीको सहयोग लिएर काम गर्दा केहि सहज हुनेछ । घर वाहिर बढि आनन्द मिल्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय सहज देखिदैन । शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । अनावस्यक विषय बस्तुमा समय खेर जानेछ । खर्चालु काम धेरै गर्नु पर्ला । घरयासी प्रयोजनको लागि समान खरीद हुनेछन् । आहार विहारका कारण स्वास्थ्यमा खरावी हुनसक्छ । आस्था र विश्वास घट्न सक्छ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): ग्रह गोचर ठीकै देखिन्छ । उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर पर्दा उपलब्धि थोरै हुनेछ तस्मात् आफ्नो काम आफै गर्नु होला । पढाई लेखाई मन्द रहनेछ । सहयोग गर्ने भन्दा कुरा काट्ने बढि हुनेछन् । राजनीतिमा धेरै चासो नदिनु होला । आर्थिक कारोवार गर्दा चनाखो हुनुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):समय मध्यम खालको देखिन्छ । हेलचक्र्याई कहि कतै नगर्नु होला । ऋण लगानी नगर्नु होला पछि उठाउन गाह्रो हुनसक्छ । इष्टमित्र साथी भाईमा अल्प प्रेम होला । हृदयबाट सहयोग गर्ने कमै हुनेछन् । विवाद देखि टाढा बसी आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । व्यापारबाट थोरै आम्दानी हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने उत्साहा घट्नेछैन । काममा देखिएका समस्या कम भएर जाने छन् । फजुल खर्चमा कमी आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आम्दानी खर्च बराबरै जस्तो हुनेछ । वचतमा जोड दिनुहोला ।भोज भतेर,धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । नोकरी तथा राजनीतिमा अधिकारको खोजी हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयले साथ कम दिनेछ । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । पढाई लेखाईमा खासै प्रगति हुने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ । परिवारको स्वस्थ्यमा समस्या आउनेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

 

तपाईको प्रतिक्रिया