आजको राशीफलः २०२१ / ०६ / १०

श्रीसूर्य उत्तरायण,ग्रीष्मर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८ साल जेठ २७ गते विहिबार नेपाल सम्बत ११४१ वछलागा,सन् २०२१ जून १० तारिक कृष्णपक्ष औसी तिथि अपरान्ह ३ वजेर ३७ मिनेटसम्म (जापानमा साँझ ६ वजेर ५२ मिनेटसम्म ),रोहिणी नक्षत्र पूर्वान्ह ११ वजेर ३९ मिनेटसम्म ( जापानमा अपरान्ह २ वजेर ५४ मिनेटसम्म ), धृतियोग,नागकरण,आनन्दादियोग उत्पात, सूर्य वृष राशिमा, चन्द्रमा राती १२ वजेर ५१ मिनेटसम्म (जापानमा ११ तारिक विहान ४ वजेर ६ मिनेटसम्म) वृष उप्रान्त मिथुन राशीमा । योगिनी अपरान्ह ३-३७ र जापानमा साँझ ६-५२ वजेसम्म ईशान्य उप्रान्त पूर्व दिशामा । काल दक्षिण दिशामा पाश उत्तर दिशामा । चन्दमा दक्षिण दिशामा भने शुक्र पश्चिम दिशामा दिन भर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सहज रुपमा काम गर्न पाईने छैन । आफ्नो काम गर्न आफै अगाडि बढ्नु होला । साथी भाई इष्टमित्रको भर पर्दा उपलब्धि गुमाउनु पर्ने अवस्था आउन सक्छ । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । नोकरी तथा राजनीति क्षेत्रबाट उपलब्धि कम हात लाग्नेछ । पहिचान नभएको विषय बस्तुमा लगानी नबढाउनु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयको महत्वलाई कत्ति पनि नभुल्नु होला । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । जति सक्रिय भएर लाग्यो उत्ति नै आफुलाई फाइदा हुनेछ । पढाई लेखाईमा खासै परिवर्तन आउने देखिन्न । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । पेशा परिवर्तनको चाहान बढ्नेछ । साथी भाई आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ला । काममा बाधा व्यवधान आउने छन् । कार्य लगनशिलता बढाउनु होला । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ । खर्च नियन्त्रणमा जोड दिनुहोला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । सहयोग गर्ने कोहि हुने छैनन उल्टो खुट्टो तान्ने छन् । मिथ्या अरोप लाग्न सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले साथ दिनेछ काम गर्दा कत्ति पनि ढिलो नगर्नु होला । ढिलो गरेमा उपलब्धि गुम्नेछ । लगनशिल भई गरेका अधिकाँश कामबाट लाभान्वित हुनुहुनेछ । सहयोगको आशा धेरै नराख्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट मुनाफ धेरै हुनेछ । पढाई लेखाईमा खासै ध्यान जाने छैन । पारिवारिक सहयोग सामान्य मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कार्य क्षमता,कार्य लगनशिलता बढ्नेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट मुनाफा । गएका ठाँउमा आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । सामाजिक दायित्व बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयको गति सगै काममा सुधार आउनेछ । गतिरोधहरु विस्तारै हटेर जाने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्नु होला आँशिक भए पनि सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको योग देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले कम साथ दिनेछ । काम गर्ने वातावरण मिलाउन सकिने छैन । मन अस्थिर बन्नेछ । गलत चिन्तनको शिकार भईनेछ । परिश्रमको प्रतिफल कम मिल्नेछ । धार्मिक विश्वास घट्नेछ । यात्रा कष्टपूर्ण हुनेछ । पठन पाठनमा भने सुधार आउनेछ । कुनै पनि काम गर्दा आफ्नो इज्जतको ख्याल राखेर गर्नु होला । अरुको भर नपर्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । यात्राको सम्भावनालाई अझै नकार्न सकिन्न । पारिवारिक सहयोगमा धेरै काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा रुची जाग्नेछ । कमाएको धनलाई वचाउने प्रयास गर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): असम्भवको ठाँउमा सम्भावनाका विरुवा रुपिनेछ । पुराना मुद्धा फस्र्योट हुने देखिन्छ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋण लगानीमा जोड नदिनु होला । मित्र चिनेर मात्र आर्थिक कारोवार गर्नुहोला । भय आतुरमा गरेका कामबाट हैरानी हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथीको सहयोग लिएर काम गर्नु होला । हेचक्र्याई गरेर काम गरेमा नोक्सान बढि आफैलाई हुनेछ । कला सहित्यमा थोरै अभिरुची बढ्नेछ । पठन पाठनमा सामान्य प्रगति हुनेछ । साझेदारी काममा हात नहाल्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मनमा अशान्ति बढ्नेछ । समस्याको पहिचान गरेर मात्र काममा अगाडि बढ्नु होला । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिने छ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । राजनीति चासो बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढाउदा दुःख पाईनेछ । श्रम बढि उपलब्धि कम हात लाग्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): ग्रह गोचर ठीकै देखिन्छ । समयमा कामको टुङ्गो लगाउनु होला । इष्टमित्रको सहयोग कम मिल्नेछ भने साथी भाईबाट उचित सहयोग पाईनेछ । कार्य लगनशिलता घट्ने छैन । व्यापार व्यवसायबाट मनाफा राम्रै हात लाग्नेछ । पढाई र सन्तानको विषयलाई लिएर मनमा थोरै असन्तोष बढ्न सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित