न्याय मन्त्रालय अन्तर्गत मानव अधिकार विभागद्वारा विदेशीहरुका लागि निःशुल्क परामर्श सेवा

विदेशी भएकै कारण के तपाई आफ्नो समुदाय, कार्यस्थल वा विद्यालयमा भेदभावजन्य हिंसा भोग्नुपरेको छ ? उदाहरणका लागि विदेशी भएकै कारण कोठा खोज्ने क्रममा कोठा नदिएको, दैनिक जीवनयापनका क्रममा केश काट्ने ठाउँमा सेवा दिन इन्कार गरिएको, विद्यालयमा अरुबाट हेप्ने तथा गिज्याउने गरेको जस्ता मानव अधिकार विरुद्धका भेदभावजज्य हिंसामा पर्नुभएको छ ?

न्याय मन्त्रालय अन्तर्गत मानव अधिकारकर्मी वकिलहरुको संगठनद्वारा ‘विदेशीहरुको मानव अधिकारको सम्मान गरौं’ भन्ने नारा तय गरी जापानी भाषामा पहुँच नहुने विदेशीहरुका लागि राष्ट्रिय तथा स्थानीयरुपमा ५० स्थानमा कानुनी मामिला कार्यालय ‘विदेशीहरुको लागि मानव अधिकार परामर्श केन्द्र’ स्थापना गरिएको छ । साथै टेलिफोनद्वारा सर–सल्लाह गर्नको लागि ‘विदेशी भाषा मानव अधिकार परामर्श सम्पर्क’ र इन्टरनेट मार्फत परामर्श गर्नको लागि ‘विदेशी भाषमा इन्टरनेट मार्फत परामर्श’ को स्थापनाको गरिएका छन् । 
न्याय मन्त्रालय अन्तर्गतका मानवअधिकारर्मीहरुले आवश्यक परामर्श मार्फत समस्या समाधानको पहिचान गरी उपयुक्त निकाश निकाल्नुका साथै पीडितलाई हिंसाबाट उद्वार गर्न र थप क्षति हुनबाट बचाउने छन् । एक्लै चिन्ता नगर्नुहोस् । कम्तिमा पनि पहिले परामर्श गर्नुहोस् । मानव अधिकार कानूनी मामिला ब्युरोका कर्मचारी तथा सदस्यहरुसंग परामर्श तथा छलफल गर्नु नै तपाईको समस्या समाधानको उत्तम उपाय हो ।

  •  सरकारी निकाय मातहतको आधिकारिक अंगका हैसियतले हाम्रो निश्पक्ष, तटस्थ र जिम्मेवार भूमिका रहने छ ।
  •  परामर्श बापत कुनै सेवा शुल्क लाग्ने छैन भने कुनै लिखित निवेदनको आवश्यक पनि पर्ने छैन ।
  •  पीडितको समस्या र विषयवस्तु अनुसार हामी सम्बन्धित बिषयका जानकार विशेषज्ञ*¹ वा संघसंगठनहरु समक्ष पुर्‍याउनुका साथै कानूनी परामर्श दिलाईने छ *²

*¹*² उल्लिखित मापदण्ड दबाब र प्रभावबाट नभई मुलतः सरोकारवलाहरुबीच स्वेच्छिक
समझदारी कायम गरी हल गर्ने उद्देश्यले तय गरिएका हुन् ।

परामर्शका लागि देहायको सम्पर्क गर्नुहोला ।

फोन द्वारा:मानव अधिकार सम्बन्धि विदेशी भाषामा परामर्शका लागि फोन ०५७०–०९०९११
समयः बिहान ०९ः०० बजेदेखि १७ः०० बजेसम्म (नयाँ वर्ष बाहेकका कार्यालय खुल्ने दिन)

इन्टरनेट:विदेशी भाषामा इन्टरनेट मार्फत परामर्श को लागि
– अङ्ग्रेजी भाषामा मानव अधिकार परामर्श केन्द्र : https://www.jinken.go.jp/soudan/PC_AD/0101_en.html

प्रत्यक्ष भेटघाटका लागि:राष्ट्रिय कानुनी मामिला कार्यालय, स्थानीय (क्षेत्रीय) कानुनी मामिला कार्यालय
समयः बिहान ०९ः०० बजेदेखि १७ः०० बजेसम्म (नयाँ वर्ष बाहेकका कार्यालय खुल्ने दिन)
http://www.moj.go.jp/MINJI/minji10.html (जापानी पृष्ठ)

थप जानकारीका लागिःhttp://www.moj.go.jp/JINKEN/jinken21.html