न्याय मन्त्रालय अन्तर्गत मानव अधिकार विभागद्वारा विदेशी नागरिकहरूको लागि निःशुल्क परामर्श सेवा काउन्टर
विदेशी नागरिक भएको कारण के तपाईंमाथि समुदाय, कार्यस्थल वा विद्यालयमा भेदभाव भइरहेको छ? उदाहरणको लागि विदेशी नागरिक भएको कारण कोठा खोज्ने क्रममा कोठा नदिइएको, कपाल काट्ने पसलमा कपाल काट्न इन्कार गरिएको, विद्यालयमा अरूले तपाईंलाई हेप्ने वा गिज्याउने जस्ता कार्यहरू गर्ने गरेको छ? ती चिन्ताहरू “मानव अधिकारको उल्लङ्घन” पनि हुन सक्छ।
न्याय मन्त्रालय अन्तर्गतको मानव अधिकार समर्थन संगठनद्वारा सही ढंगमा विदेशी नागरिकको मानव अधिकारको सम्मान हुने गरी, राम्रोसँग जापानी भाषा बोल्न नसक्ने विदेशी नागरिकहरूको लागि जापानभरिका 50 कानुनी मामिला कार्यालय तथा स्थानीय (क्षेत्रीय) कानुनी मामिला कार्यालयहरूमा मानव अधिकारबारे विभिन्न भाषाहरूमा प्रत्यक्ष परामर्श लिन सक्ने “विदेशी नागरिकको लागि मानव अधिकार परामर्श केन्द्र“, फोन मार्फत “विदेशी भाषामा मानव अधिकारको परामर्श डायल” र इन्टरनेट मार्फत “विदेशी भाषामा इन्टरनेट मार्फत परामर्श सेवा काउन्टर” को स्थापना गरिएको छ।
न्याय मन्त्रालय अन्तर्गतको मानव अधिकार समर्थन संगठनले मानव अधिकार सम्बन्धी परामर्श सेवा प्रदान गर्नुका साथै आवश्यकता अनुसार सत्यतथ्य छानबिन गरी, क्षतिप्रतिको राहत तथा रोकथामको लागि उचित कदम चालिरहेको छ। एक्लै चिन्ता गरेर नबस्नुहोस्। सुरुमा परामर्श लिनुहोस्। हामी तपाईंको मातृभाषामा तपाईंको समस्या वा चिन्ता सुनी उत्तम समाधान खोज्छौं।
- सरकारी निकाय मातहतको आधिकारिक अंगको रूपमा कर्मचारीहरूले निष्पक्ष, तटस्थ र जिम्मेवार भूमिका निभाउँछन्।
- लिखित आवेदन पनि दिनुपर्दैन।
- हामी पीडितको समस्या र परामर्शको विषयवस्तु अनुसार सम्बन्धित विषयका जानकार विशेषज्ञ*¹ अथवा कानुनी सुझाव दिन सक्ने उक्त विषयको काम गर्ने संस्थाहरूसँग तपाईंको परिचय गराउँछौं।
परामर्शको लागि निम्न काउन्टरमा सम्पर्क गर्नुहोस्।
विदेशी भाषामा मानव अधिकारको परामर्श डायल 0570-090911
9:00 देखि 17:00 सम्म (नयाँ वर्षको समय बाहेकका सोमबार~शुक्रबार)
विदेशी भाषामा इन्टरनेट मार्फत मानव अधिकार परामर्श सेवा काउन्टर
नेपाली भाषामा इन्टरनेट मार्फत मानव अधिकार परामर्श काउन्टर: : https://www.jinken.go.jp/soudan/PC_AD/0101_np.html
विदेशी नागरिकको लागि मानव अधिकार परामर्श केन्द्र
स्थान: राष्ट्रिय कानुनी मामिला कार्यालय, स्थानीय (क्षेत्रीय) कानुनी मामिला कार्यालय
9:00 देखि 17:00 सम्म (नयाँ वर्षको समय बाहेकका सोमबार~शुक्रबार)
https://www.moj.go.jp/JINKEN/jinken03_00223.html (जापानी पृष्ठ)
विस्तृत जानकारीका लागिः https://www.moj.go.jp/content/001315917.pdf