तपाईंको त्यो समस्या ‘मानव अधिकार मुद्दाहरु’ पनि हुनसक्छ ।

न्याय मन्त्रालय अन्तर्गत मानव अधिकार विभागद्वारा विदेशीहरुका लागि निःशुल्क परामर्श सेवा

न्याय मन्त्रालय अन्तर्गत मानव अधिकारकर्मी वकिलहरुको संगठनद्वारा ’विदेशीहरुको मानव अधिकारको सम्मान गरौं’ भन्ने नारा तय गरी जापानी भाषामा पहुँच नहुने विदेशीहरुका लागि राष्ट्रिय तथा स्थानीयरुपमा ५० स्थानमा कानुुनी मामिला कार्यालय ‘विदेशीहरुको लागि मानव अधिकार परामर्श केन्द्र’ स्थापना गरिएको छ । साथै टेलिफोनद्वारा सर–सल्लाह गर्नको लागि ‘विदेशी भाषा मानव अधिकार परामर्श सम्पर्क’ र इन्टरनेट मार्फत परामर्श गर्नको लागि ‘विदेशी भाषमा इन्टरनेट मार्फत परामर्श’ को स्थापनाको गरिएका छन् ।

विदेशी भएकै कारण के तपाई आनो समुदाय, कार्यस्थल वा विद्यालयमा भेदभावजन्य हिंसा भोग्नुपरेको छ ? उदाहरणका लागि विदेशी भएकै कारण अपार्टमेन्ट लिने बेलामा अस्वीकार गरियो । हजाम पसलमा कपाल काट्नबाट अस्वीकार गरियो । बच्चालाई स्कूलमा अरु बदमाशीहरु गरिन्छ । यस्ता मानव अधिकार विरुद्धका भेदभावजज्य हिंसामा पर्नुभएको छ ?

न्याय मन्त्रालय अन्तर्गतका मानवअधिकारर्मीहरुले आवश्यक परामर्श मार्फत समस्या समाधानको पहिचान गरी उपयुक्त निकाश निकाल्नुका साथै पीडितलाई हिंसाबाट उद्वार गर्न र थप क्षति हुनबाट बचाउने छन् । एक्लै चिन्तामा नबसी, पहिला सल्लाह गर्नुहोस् । मानव अधिकार कानूनी मामिला ब्युरोका कर्मचारी तथा सदस्यहरुसंग परामर्श तथा छलफल गर्नु नै तपाईको समस्या समाधानको उत्तम उपाय हो । तपाईसँगै समस्या समाधानको उत्तम उपायको विचार गर्नेछौं ।

– सरकारी निकाय मातहतको आधिकारिक अंगका हैसियतले हाम्रो निश्पक्ष, तटस्थ र जिम्मेवार भूमिका रहने छ ।
– परामर्श बापत कुनै सेवा शुल्क लाग्ने छैन भने कुनै लिखित निवेदनको आवश्यक पनि पर्ने छैन ।
– पीडितको समस्या र विषयवस्तु अनुसार हामी सम्बन्धित बिषयका जानकार विशेषज्ञ वा संघसंगठनहरु समक्ष पु¥याउनुका साथै कानूनी परामर्श दिलाईने छ । *1 मानव अधिकार उल्लंघन गर्नेहरुको लागि सुधारको लागि अनुरोध*2

*1,*2 उल्लिखित मापदण्ड दबाब र प्रभावबाट नभई मुलतः सरोकारवलाहरुबीच स्वेच्छिक समझदारी कायम गरी हल गर्ने उद्देश्यले तय गरिएका हुन् ।

परामर्शका लागि देहायको सम्पर्क गर्नुहोला

– (इन्टरनेट) विदेशी भाषामा इन्टरनेट मार्फत परामर्शको लागि
अङ्ग्रेजी भाषामा मानव अधिकार परामर्श केन्द्र:  https://www.jinken.go.jp/soudan/PC_AD/0101_en.html

– (टेलिफोन) विदेशी भाषा मानव अधिकार परामर्श सम्पर्क
०५७०–०९०९११ (परामर्श निशुल्क हुनेछ भने फोन गरेको पैसा लाग्नेछ ।)
हप्ता दिनहरू (सोम – शुक्र) ९ : ०० ~ १७: ०० बजे सम्म। (चालु वर्षको अन्त र नयाँ वर्षका दिन बाहेक।)

– (भ्रमण गर्नुहोस्) राष्ट्रिय कानूनी मामिला कार्यालय, स्थानीय (क्षेत्रीय)
हप्ता दिनहरू (सोम – शुक्र) ९ : ०० ~ १७: ०० बजे सम्म। (चालु वर्षको अन्त र नयाँ वर्षका दिन बाहेक।)

[टेलिफोन] र [भ्रमण गर्नुहोस्] निम्न १० भाषाहरूमा उपलब्ध छन्।

अंग्रेजी, चिनियाँ, कोरियाली, फिलिपिनो, पोर्तुगाली, भियतनामी, नेपाली, स्पेनिश, इन्डोनेशियाई र थाई

https://www.moj.go.jp/minji10.html (Japanese Only) (जापानी पृष्ठ)
थप जानकारीका लागिः http://www.moj.go.jp/content/001315917.pdf