Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौ- सेना समायोजना विशेष समितिका सदस्य भीम रावलले शान्ति प्रक्रिया टुङग्याउदै लोकतान्त्रिक संविधान निर्माणको सम्बन्धमा भोली एकीकृत नेकपा माओवादीसँग निर्णायक छिनोफानो हुने बार्ता हुने खुलासा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा रावलले शान्ति प्रक्रिया र संविधान निर्माणमा विगतमा माओवादीले गरेको सहमति पुरा गर्ने ठोस प्रतिबद्धता ब्यक्त नगरे विकल्प खोजिने चेतावनी दिए ।
साक्षात्कारमा उनले पहिलो चरणमा सात बुँदे सहमतिका पक्षधर दलहरुवीच छलफल गर्ने र त्यसपछि माओवादी सहित छलफल गर्ने जानकारी दिदै त्यसमा कुनै सहमति नभए माओवादी बाहेकका दलहरुबसी विकल्प खोजिने बताए ।
उनले भने-सात बुँदे सहमति, छ बुँदे सहमति र विशेष समितिमा भएका निर्णय कार्यान्वयनको दिशामा भोली माओवादीसँग छिनोफानो हुने गरी बार्ता हुन्छ । भोलीको बार्ताबाट पनि केही नहुने भए अरु दलसँग छलफल गरेर विकल्प खोजिन्छ ।
४५ दिनभित्र शान्ति प्रक्रिया निष्कर्समा पुर्याउने प्रतिबद्धता सहित प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईले शान्ति प्रक्रिया निष्कर्समा पुर्याउन नसके पदमा बस्ने नैतिकता गुमाउने दावी गर्दै प्रधानमन्त्रीले पद छाड्नु पर्ने बताए ।
उनले सात दिनभित्र स्वेच्छिक अवकासमा जाने लडाकुलाई विदा दिने गरी विशेष समितिमा भएको सहमतिको पाँच दिन वित्दा समेत कुनै प्रक्रिय अगाडि नबढेको भन्दै आईतवारसम्म शिविर खाली नभए नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने धारणा राखे । उनले भने-शान्ति प्रक्रिया अगाडि नबढे प्रधानमन्त्री पदमा बसिरहन मिल्दैन अलिकती पनि नैतिकता छ भने पद छाड्नु पर्छ । कि प्रधानमन्त्रीले शान्ति प्रक्रिया अगाडि बढाउनु पर्यो कि पद छाड्नु पर्यो अर्को विकल्प छैन ।
तपाईको प्रतिक्रिया