Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
Bamdev-Gautam-1_200912190917421-222x300प्युठान- नेकपा (एमाले) का उपाध्यक्ष तथा प्युठान १ का उम्मेदवार वामदेव गौतमले मुलुकबाट वर्षेनी चार लाख युवा वैदेशिक रोजगारीका नाममा विदेशिनुपर्ने पीडाको अन्त्य गर्दै अब देशमै वर्षेनी तीन लाख युवालाई रोजगारी सिर्जना गरिने बताउनुभयो ।
प्युठानको बाङ्गेसालमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष गौतमले एमाले नेतृत्वको सरकार बनेलगत्तै युवा रोजगारीको कामलाई तीव्रता दिइने दावी गर्नुभयो । भन्नुभयो, ‘नेकपा एमालेलाई यहाँले दिनुहुने अमूल्य मतदानबाट हाम्रो पार्टीले सरकार चलाएमा अबको १० वर्षमा नेपालमा कोही पनि युवा बेरोजगार हुने छैनन् ।’
एमालेको ०५१ सालको लोकप्रिय सरकारले सञ्चालन गरेको आफ्नो गाउँ आफैं बनाऔं र बृद्धभत्ताजस्ता लोकप्रिय कार्यक्रमको प्रस्ताव आफू नै रहेको दावी गर्दै उहाँले अब एमालेको सरकार बनेपछि आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रमअन्तर्गत पहिलो चरणमा ५० लाख र क्रमशः वार्षिक एक करोड अनुदान गाउँ गाउँमा पुग्ने बताउनुभयो ।
साथै, भूमिहीन जनतालाई समानरुपमा जमिनको मालिक बनाउने कामको शुरुवात पनि एमालेले नै गर्ने बताउनुभयो । सरकार बनेलगत्तै शुरु हुने उक्त कार्यक्रमअन्तर्गत आगामी १० वर्षभित्र देशमा भूमिहीन समस्या समाधान हुने दावी गौतमले गर्नुभयो । ***
तपाईको प्रतिक्रिया