Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं– उद्योग राज्यमन्त्री रोवारी राय यादवले आफूले ठमेलमा बुधबार राति कुनै अनैतिक कृयाकलाप नगरेको दाबी गरेका छन् ।
सिंहदरवारस्थित उद्योग मन्त्रालयमा केही सञ्चारकर्मीसँग कुरा गर्दै यादवले आफू होटलमा फिल्मको प्रिमियरमा सहभागी हुनमात्र गएको बताए । ‘म साथीको निम्तो मान्न होटलमा गएको थिएँ,’ उनले भने, ‘म केटीले लिएर होटलको कोठामा बसेको छैन, सार्वजनिक कार्यक्रममा कुनै केटी छेऊमा आए होला मेरो के दोष ?’
कुनै पनि मन्त्री ठमेलमा जानु अपराध नभएको जिकिर गर्दै उनले आफूले कुनै गलत काम गरेको प्रमाण दिए राजीनामा दिने बताए । ‘मैले गलत काम गरेको प्रमाण कसैले देखाओस् म राज्यमन्त्री र सभासद् दुवैबाट राजीनामा दिन्छु,’ उनले भने ।
उद्योग राज्यमन्त्री यादव बुधबार राति दुई युवतीसहित ठमेलको एक होटलमा भेटिएका थिए । उनी युवतीसित लठ्ठिएको तस्बिर केही मिडियाले सार्वजनिक गरेका थिए ।
राज्यमन्त्री रायले आफू निर्देशक आकाश अधिकारीले नयाँ फिल्मको प्रिमियरको निम्तोका लागि बोलाएकाले गएको बताए । ‘म नगए पनि हुन्थ्यो, मन्त्री भएपछि आएन, ठूलो भयो भन्छन्,’ उनले भने, ‘गए पनि सुख छैन ।’
उनले आफूसँग कुनै पनि डनसँग मित्रता नभएको दाबी गरे । ‘दिपक मनाङ्गे, चक्रे मिलन म चिन्दिन,’ उनले भने ।
तपाईको प्रतिक्रिया