Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं– न्यायाधीशको घुस प्रकरणबारे न्याय परिषद् बैठकमा छलफल हुने भएको छ ।
लामो समयपछि बिहीबार बस्ने बैठकमा न्याय क्षेत्रमा देखिएको भ्रष्टाचार, विकृति तथा न्यायाधीश बन्नका लागि घुस खुवाउने कार्यमा अग्रसर कानुन ब्यबसायीको बारेमा छलफल हुने बताइएको छ ।
बैठकमा न्यायपरिषदको अध्यक्ष एवं प्रधानन्यायाधीश खिलराज रेग्मीले न्यायपरिषदका सदस्य समेत रहनु भएका कानुनमन्त्री बृजेशकुमार गुप्तासँग न्यायाधीश बनाइदिन पैसा लिएर गएका बिचौलीया कानुन ब्यबसायीको बारेमा स्पष्ट पार्न आग्रह गर्नु हुने स्रोतले बताइएको छ ।
कानुनमन्त्री गुप्ताले गत शनिवार दाङमा आयोजित नेपाल बार एसोसिएसनको भेलामा न्यायाधीश बनाइदिन भन्दै कानुन व्यवसायी १०—२० लाख घुस लिएर आफुकहा आएको खुलासा गर्नु भएको थियो ।
उक्त भेलाले घोषणापत्रमै न्यायाधीश बन्न पैसा लिएरु हिडने बिचौलिया तत्काल सार्बजनिक गरि कारबाही गर्न प्रधानन्यायाधीश  र महान्यायाधिवक्ता अध्यक्ष रहने कानुन ब्यबसायी परिषदको ध्यानाकर्षण गराएको थियो ।
तपाईको प्रतिक्रिया