Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
नवलपरासी– क्युतो हियोसिगाओका लायन्स क्लब जापानको सहयोगमा आशाको ज्योति नेपालको सहकार्यमा नवलपरासीको ग्रामीण इलाकाअन्तर्गत दाउन्नेदवी गाविसका विपन्न परिवारलाई बाख्रा प्रदान गरिएको छ ।
ग्रामीण क्षेत्रका अति विपन्न दाउन्नेदवी, पृथ्वीबस्तीका १५ घरपरिवारलाई उनीहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतिघर पाँचवटा बाख्रा र एकवटा बोका गरी ७६ वटा बाख्रा गैरआवासीय नेपाली सङ्घ -एनआरएन)का पूर्व अध्यक्ष देवमान हिराचनले प्रदान गर्नुभयो ।
कार्यक्रममा लाइन्स क्लब जापानका प्रेसिडेन्ट ताइसियुकी ताकाहासीले आफूले नेपाल र नेपालीलाई सहयोग गर्न पाउँदा निक्कै खुसी लागेको र सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।
सो कार्यक्रम आशाको ज्योति नेपालका आकाश अधिकारीको सभापतित्वमा भएको थियो ।
तपाईको प्रतिक्रिया