![baburam](https://samudrapari.com/wp-content/uploads/2011/12/baburam.jpg)
अस्वस्थ भएपछि प्रधानमन्त्री भट्टराईले बालुवाटारमै आराम गरिरहनु भएको उहाँको नीजि सचिवालयले जनाएको छ । भट्टराईलाई रुघा खोकीले ग्रस्त बनाएपछि चिकित्सकहरुले आराम गर्न सल्लाह दिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठले समुद्रपारि डट कमलाई जानकारी दिनुभयो । अस्वस्थताका कारण प्रधानमन्त्रीका भेटघाट लगायतका सबै औपचारिका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको अस्वस्थताका कारण बिहीबार दिउसो बस्ने तय भएको मन्त्रिपरिषद्को बैठक समेत अन्यौलमा परेको छ ।