Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
अर्घाखाँची– अर्घाखाँची जिल्लामा जागिर छोड्ने शिक्षकको लहर चलेको छ ।
जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले नक्कली शैक्षिक प्रमाणपत्र र अध्यापन अनुमतिपत्र छानबिन गरी कारबाही गर्न थालेपछि जिल्लामा स्वैच्छिकअवकाशमा जाने शिक्षकशिक्षिकाको सङ्ख्यामा वृद्धि भएको हो ।
कार्यालयले नक्कली अध्यापन अनुमतिपत्रको आधारमा अध्यापन गर्दै आएका पाँचजना शिक्षकशिक्षिकालाई अवकाश दिएकोे छ ।
अवकाशमा पर्नेहरुमा दुई जना निम्न माध्यमिक तह र तीनजना प्राथमिक तहमा अध्यापनरत शिक्षकशिक्षिका रहेको जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले बताउनुभयो ।
जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा करिब ४०० शिक्षकशिक्षिकाका प्रमाणपत्र भारतीय रहेकोमा १५ प्रतिशतभन्दा बढी शिक्षकहरुका प्रमाणपत्र नक्कली रहेको भनी उजुरी परेकाले छानबिनका लागि सबै तहमा अध्यापनरत शिक्षकशिक्षिकाका प्रमाणपत्र झिकाइ कार्यालयले पहिलो चरणमा सामान्य छानबिन गरी वास्तविक छानबिनका लागि एक हप्ताभित्रमा केन्द्रमा पठाउन लागेको छ ।
नक्कली प्रमाणपत्र छानबिनलाई कडाई पारिएपछि दुई महिनायता १० जना शिक्षकशिक्षिका स्वैच्छिकअवकाशमा गएको कार्यालयले जनाएको छ ।
स्वैच्छिकअवकाशमा गएकामध्ये छानबिनबिना नै सबैको प्रमाणपत्र नक्कली भत्र भने नसकिने जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लिलबहादुर राउतले बताउनुभयो ।
तपाईको प्रतिक्रिया