Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
पर्सा– सुचना तथा संचार मन्त्री एवम मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकास गुप्ताले सर्वोच्च र विशेष अदालतले सफाई दिई सकेको अवस्थामा सबैधानिक परिषदमा आफ्नो प्रतिनिधित्व प्रति आपत्ति प्रकट गर्नु आफ्नो चरित्र हत्या गर्ने नियोजित षडयन्त्र भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल पर्सा शाखाले बुधवार विरगन्जमा आयोजना गरेको साक्षात्कारमा मन्त्री गुप्ताले पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष निर्देशन आफ्नो चरित्र हत्या गर्न लागेका तत्कालिन अख्तियारका प्रमुख सूर्यनाथ उपाध्यायले  सर्वोच्च र विशेष अदालतले अधिकांश मुद्दामा सफाई दिई सकेको अवस्थामा सबैधानिक परिषदमा रहेको प्रतिनिधित्वमा आपत्ति प्रकट गर्नुले उनको नियत प्रष्ट भएको बताए ।
उनले भने- सो मुद्धा अदालतमा पराजित भैसकेको बिषयलाई लिएर प्रमुख आयुक्त उपाध्यायको टोलीले मंगलबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेर यस बिषयमा बिरोध जनाउनु वा सो बिषयमा ध्यायनाकार्षण गराउनु भनेको मलाई ब्यक्तिगत रुपमा देखि नसक्नु बाहेक अरु केही  हुनै सक्दैन ।
मन्त्री गुप्ताले प्रचण्डको नेतृत्वमा सरकार रहेकै समयमा आफू संबैधानिक परिषदमा रहेको र सोही बेलामा सर्बोच्च अदालतको प्रधानन्यायाधिशमा मिनबहादुर रायमाझीको नियुक्ती सम्बन्धि  निर्णय भएको चर्चा गर्दै  त्यतिखेर आएर आफ्नो नियुक्तीप्रति आपत्ति प्रकट गर्नु गम्भीर विषय भएको बताए ।
मन्त्री गुप्ताले आयोगले चलाएको दुईवटा मुद्धामध्ये पहिलो कान्तिपुर टेलिभिजनलाई ईजाजत दिएको सम्बन्धी मुद्दामा बिशेष अदालत र सर्बोच्च अदालतमा आयोग पराजित भैसकेको र बाकी अर्को सम्पति सम्बधि मुद्धामा पनि बिशेष अदालतमा आयोग पराजित भैसकेको र पछि उक्त निर्णयको पुनराबेदन परेर सर्बोच्चमा सुनुवाई जारी रहेको उनले जानकारी दिए ।
साक्षात्कारमा मन्त्री गुप्ताले संबैधानिक परिषदले गर्ने निर्णयहरुको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्बाचन आयोग र लोकसेवा आयोगमा कुनै पनि ब्यक्तिहरुको चयन ४ बर्षको लागी हुने र सात महिनामा देश संघियतामा जाने विश्वास ब्यक्त गरे ।
प्रधानमन्त्रीले मंसिर १४ को खड्गो काटन् मोर्चाका हरेक कुरा मान्नु परेको भनि दिएको अभिब्यक्तिलाई अराजनीतिक र अपरिपक्व अभिब्यक्तिको  संज्ञा दिदै गुप्ताले मोर्चा सँग राजनीतिक सम्झौता गरेर प्रधानमन्त्री बनेका बाबुराम भट्टराईले खोला तरयो लौरौ विर्सियो जस्तो ब्यवहार गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीको यस्तो गैर जिम्मेवार अभिब्यक्ति आउने क्रम नरोकिए सरकारको औचित्य सकिने चेतावनी दिए ।
उनले अहिले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नै राष्ट्रिय सहमतिको सरकार बन्दा उपयुक्त हुने भन्दै त्यसो हुन नसके क्रमश काँग्रेस, एमाले वा माओवादीकै असन्तुष्ठ पक्षले नेतृत्व गर्नुपर्ने तर्क गरे ।
मन्त्री गुप्ताले मधेसको सहभागिता बिना शान्ति र संविधान असम्भव रहेको भन्दै पछिल्लो समयमा लडाकुको संख्याको विषयमा उत्पन्न विवाद राजनीतिक दलहरुवीचको सहमतिकै आधारमा टुङग्याउनु पर्ने धारणा राखे । ***
तपाईको प्रतिक्रिया