Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– स्वर साम्राट नारायण गोपालको सोमबार २१ औं स्मृति दिवस गीत संगीत सम्बद्ध संघसंस्थाले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
स्मृति दिवसकै अवसरमा नारायण गोपाल कोषको प्राङ्गण मिलीजुली टोल महाराजगञ्जमा एक कार्यक्रमको आयोजना गरिएको छ । नेपाली गीत संगीतका पर्याय स्वर सम्राट नारायण गोपालको २०४७ साल मंसिर ८ गते ५१ बर्षको उमेरमा निधन भएको थियो । १९९६ असोज १८ गते काठमांडौमा जन्मनुभएका स्वर सम्राट नारायण गोपालले ५ सय गितमा स्वर दिनका साथै भने २ वटा गिती एल्वम सार्वजनिक गर्नुभएको थियो ।
बि.स २०२३ सालमा रेडियो नेपालद्धारा आयोजित राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट संगीतकार तथा २०२४ सालमा आयोजित प्रतियोगितामा उत्कृष्ट गायकको उपाधि जित्नुभएका स्वर सम्राट गोपालका स्वरलाई आजको युवा पुस्ताले पनि खुवै रुचाएका छन् ।
तपाईको प्रतिक्रिया