Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

everest1टोकियो-एभरेष्ट इन्टरनेशनल स्कुलको आयोजनामा एभरेष्ट इन्टरनेशनल स्कुलको भवन आसागायमा यही मार्च २४ गते आइतवार “भवन अवलोकन तथा कल्चर एक्सचेन्ज” कार्यक्रम सम्पन्न भएको छ ।

विहानको ११ बजेदेखि दिउँसोको ३ बजेसम्म भनिएको कार्यक्रममा आगन्तुकहरु अवेरसम्म स्कुलमै रहेका थिए । कार्यक्रममा आगन्तुक जापानी तथा नेपालीहरुलाई स्कुलको भित्री संरचना र पाठ्यपुस्तक सम्बन्धि जानकारी गराइएको थियो । साथै कार्यक्रममा माया नेपाली संगीत संस्थाका कलाकारहरूद्वारा गीत तथा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा जापानी जोडी इतो खाओरी र खाचुया नोवुआकीले नेपाली साराङ्गी र मादलसहित उपस्थित भई नेपाली लोकप्रिय गीत रेशम फिरिरि गाएर कार्यक्रमलाई थप रौनकता दिएका थिए । वालवच्चासहित विद्यालय अवलोकनमा आएका अभिभावकहरुले स्कुलको वारेमा विविध जानकारी लिई आफ्नो वच्चाहरु भर्ना गरेर फर्केका थिए । स्थानीय वासीहरुले नेपाली मःम र चियाको चुस्कीसँगै आफ्नो क्षेत्रमा नेपाली समुदायको स्कुल स्थापना गरिएकोमा खुशी लागेको कुरा व्यक्त गरे । आसागाया क्षेत्रमा अन्य देशका समुदायहरुको पनि स्कुल खुलेको तर स्थानीयवासीहरुलाई पनि कार्यक्रममा निमन्त्रणा गरी यस्तो कार्यक्रम गरिएको यो पहिलो भएको बताए ।

कार्यक्रममा नेपाली हृयाण्डीक्राफ्ट लगायतका सामाग्रीहरुको प्रदर्शन तथा विक्रीवितरण पनि गरिएको थियो ।

२ सय जना भन्दा बढीले सहभागीता जनाएको उक्त कार्यक्रमले आफूहरुलाई थप वल मिलेको कुरा विद्यालयका अध्यक्ष डा. भूपालमान श्रेष्ठले वताउनुभयो । आफ्नो छोरी भर्ना गर्न आएका पूर्व राष्ट्रिय फुटवल खेलाडी वसन्त गौचनले नेपाली समुदायबाट शुरु गरिएको काममा नेपालीहरुबाटै सहयोग हुनुपर्ने राय राखे । नेपाली समुदायको आर्थिक संलग्नताको सहभागीता र वालवच्चाहरुको भर्नाले आफूहरु थप उत्साहित भएको कुरा विद्यालयका एकेडेमिक डाइरेक्टर प्रदिप थापाले बताउनुभयो ।

सामुदायिक कार्यमा नेपालीहरुले देखाएको एकताबाट जापानी नागरिकहरुले पनि केही सिक्ने मौका पाएको कुरा बताए भोलेन्टिएरको लागि आएका जापनी नागरिक इतोले ।

नेपाली पाठ्यक्रम अनुसार पढाई हुने एभरेष्ट इन्टरनेशनल स्कुलले यही अप्रिल १ बाट शिशुकक्षा देखि ३ सम्मको पढाई शुरु गर्न लागेको हो ।

everest1

bhupl

everest8

everest9

everest7

everest6

everest5

everest4

everest3

everest2

तपाईको प्रतिक्रिया