Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

puja5टोकियो-आगामी शैक्षिक सत्रदेखि जापानको टोकियोकोमा सञ्चालन हुन गईरहेको एभरेष्ट इन्टरनेशनल स्कुलले यही फेव्रुअरी १५ तारिख शुक्रवार सरस्वती पूजा कार्यक्रम सम्पन्न गरेको छ । साथै उक्त कार्यक्रमको अवसर पारेर एभरेष्ट इन्टरनेशनल स्कुलको भर्ना प्रक्रिया औपचारिक रुपमा शुरू गरिएको थियो ।

नेपाली राजदूतावास उपनियोग प्रमुख तापस अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सरस्वतीको तस्वीरमा पूजाआजा तथा धुपदीप बाली उदघाटन गरिएको थियो ।

कार्यक्रममा जापानमा विभिन्न पेशा र व्यवसायमा आवद्ध रहनुभएका भवन भट्ट, मेघराज नेपाल, किरणविक्रम थापा, चिरञ्जीवी थापा लगायतका अग्रजहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावासका उपनियोग प्रमुख तापस अधिकारीले विद्याकी देवी सरस्वती पूजाको महत्वको वारेमा आफ्नो धारणा राख्नुभएको थियो । साथै उहाँले जापानमा खुल्न लागेको एभरेष्ट इन्टरनेशनल स्कूलको सफलताको कामना गर्दै नेपाली राजदूतावास जापानले विद्यालयलाई भरपुररुपमा सहयोग गर्ने वचनवद्धता प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा विद्याकी देवी सरस्वतीको तस्वीरमा पूजाआरधना गरी स्कुलसम्वन्धि जानकारीहरु दिईएको थियो भने उपस्थित व्यक्तिहरुलाई भर्ना फारम पनि वितरण गरिएको थियो ।

puja9
खराव मौसमका वावजुद पनि आफ्ना वालवालिकासहित कार्यक्रममा उपस्थित हुनुभएका कतिपय अभिभावकहरुले औपचारिक रुपमा भर्ना फारम भरी वुझाईसक्नुभएको छ ।
विद्यालयको तर्फवाट प्रदिप थापाले उपस्थित सबैजनालाई स्वागत तथा धन्यवाद दिंदै विद्यालय सम्वन्धी विस्तृत जानकारी दिनुभएको थियो । आफ्नै नेपाली कला, संस्कृति र वातावरणमा अन्तरराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा उपलब्ध गराउने मुख्य उद्देश्य रहेको विद्यालयमा पाठ्यक्रम विकास केन्द्र नेपालको पाठ्यक्रममा आधारित पठनपाठन हुने कुराको जानकारी दिइएको थियो । उक्त कार्यक्रममा औपचारिक रुपमा भर्ना प्रक्रिया शुरु गरेको एभरेष्ट स्कुलले आगामी अप्रिल १ गतेदेखि ५ गतेसम्म ओरिएन्टेशन कार्यक्रम गर्ने योजना रहेको वताइएको थियो । विद्यालयले आगामी सत्रको लागि अप्रिलको ७ तारिख विद्यालय उदघाटन गरी अप्रिल ८ तारिखवाट कक्षा सञ्चालन हुने जनाएको छ ।

कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका सिर्जना पाण्डेले गर्नुभएको थियो ।*****

everest school

puja2

puja4

puja3

तपाईको प्रतिक्रिया