Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024
Nepal's Crown Prince Paras walks out of a hospital in Kathmanduकाठमाडौं- पूर्व युवराज पारस शाहले नेपालमा राजतन्त्रै चाहिन्छ भन्ने पक्षमा आफु नरहेको बताएका छन् ।
थाइल्याण्डमा आफ्नो ४१ औं जन्मदिन मनाएका उनले भने, ‘मुलुकलाई अहिले राष्ट्रभक्त र राष्ट्रवादी नेतृत्वको आवश्यक्ता छ, तर राजतन्त्र चाहिन्छ भन्ने चाहिं हैन । त्यो नसोच्नुहोला ।’
सीमित नेपालीहरुका बिचमा जन्मदिन मनाएका पारशले नेपालको राजनीतिक अबस्थाप्रति टिप्पणी गर्दै भने- ‘नेपाल अहिले बेथितीतर्फ गएको छ । त्यसकारण मैले तत्कालै सर्वमान्य नेतृत्वको आबश्यकता महसुस गरेको छु ।’
पूर्वयुवराज पारस शाहले नेपाल छाडेको लामो समयपछि आफुले नेपाल छाड्नुको कारण र थाइल्याण्डमा बस्नुको रहस्य खोलेका छन् ।
थाइल्याण्डमा राजतन्त्र रहेका कारण यहाँ सुरक्षित हुने ठानी आफु यहाँ बस्न थालेको भन्दै उनले थाइल्याण्ड बसाईलाई निरन्तरता दिने बताए ।
पारसले थाइल्याण्डमा गाँजा तस्कर गरेको आरोप अस्वीकार गरे । उनले भने, ‘यसमा मलाई फसाइयो ।’
तपाईको प्रतिक्रिया