Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

टोकियो – सन् २०२४ को अन्त्यसम्म जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको संख्या ३७ लाख नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ५ प्रतिशतले वृद्धि भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार जापानमा बस्ने विदेशीहरूको संख्या नयाँ कीर्तिमानमा पुगेको छ । शरणार्थी हैसियत पाउने व्यक्तिहरूको संख्या १ सय १३ ले घटेर १ सय ९० मा पुगेको छ । तर, ‘पूरक संरक्षणू कार्यक्रमअन्तर्गत मुख्यतः युक्रेनी नागरिकहरूसहित १ हजार ६ सय ६१ जनालाई बसोबासको अनुमति दिइएको छ । यो नयाँ प्रणालीले युद्धबाट प्रभावित व्यक्तिहरूलाई शरणार्थी हैसियत प्राप्त गर्नेहरूसँग मिल्दोजुल्दो रूपमा दीर्घकालीन बसोबास भिसा दिने व्यवस्था गरेको छ ।

डिसेम्बर २०२४ सम्म जापानमा बसोबास गर्ने ३७ लाख ६८ हजार ९ सय ७७ विदेशी नागरिकहरूमध्ये स्थायी बसोबास गर्नेहरूको संख्या करिब ९ लाख १८ हजार पुगेको छ, जुन ३ प्रतिशतको वृद्धि हो । जापानको ‘प्राविधिक इन्टर्नशिप कार्यक्रम’ अन्तर्गत रहने विदेशीहरूको संख्या १२ दशमलव ९ प्रतिशतले बढेर करिब ४ लाख ५६ हजार पुगेको छ । यो कार्यक्रम विकासोन्मुख राष्ट्रहरूमा सीप हस्तान्तरण गर्ने उद्देश्यले ल्याइएको हो ।

राष्ट्रियताको आधारमा हेर्दा, चिनियाँ नागरिकहरूको संख्या सबैभन्दा धेरै अर्थात् ८ लाख ७३ हजार रहेको छ । दोस्रो स्थानमा भियतनामी नागरिकहरू ६ लाख ३४ हजार र तेस्रो स्थानमा दक्षिण कोरियाली नागरिकहरू ४ लाख ९ हजार रहेका छन् । शरणार्थी दर्जाका लागि आवेदन दिने व्यक्तिहरूको संख्या १० दशमलव ५ प्रतिशतले घटेर करिब १२ हजारमा झरेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया