Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल ‘प्रचंड’ ले पूर्व राजा ज्ञानेंद्र शाह लाई सतर्क रहन चेतावनी दिएका छन्। उनले शुक्रबार सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आयोजित एक कार्यक्रममा पूर्व राजाको सक्रियतालाई लिएर आपत्ति जनाएका थिए। उनले पूर्व राजाले धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।

उनले वंश मास्ने र मूर्ति चोर्नेहरूले धाक लगाउन मिल्छ ? भन्दै प्रश्न गरे । “२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए, नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ?,” उनले भने, “आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?”

नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पहिलो पटक प्रधानमन्त्री बनेको समयमा दरबार हत्याकाण्डको छानबिन गर्न चाहेको बताएका छन्। उनले भने, यदि उनले आफ्नो कार्यकाल पूरा गर्न पाएको भए यस घटनाको छानबिन निचोडमा पुग्ने बताएका छन्। “मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकपटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ । मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एकपटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो,” प्रचण्डले भने ।

प्रचण्डले ज्ञानेन्द्रको दुस्साहसलाई जवाफ दिन आफूहरू तयार भएको बताए । उनले आफू प्रधानमन्त्री जनताको बलमा नै भएको बताए । “हामीलाई शान्तिसम्झौतामा कुनै प्रभुहरूले, राजामहाराजाहरूले ल्याएको होइन । हामीलाई पटक–पटक प्रधानमन्त्री कुनै प्रतिक्रियावादी बुर्जवाहरूले बनाएको होइन,” उनले भने । जनताकै तागतका बलमा देशको नेतृत्व लिने पनि बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया