Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

काठमाडौं – युगाण्डामा जारी वुमन्स डे कप २०२५ को लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ । प्रतियोगितामा ६ खेल खेल्दै नेपालले दोस्रो जित हात पारेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । हङकङले दिएको १०५ को लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् । कप्तान इन्दु बर्माले १८ रन बनाइन् । उनले पहिलो विकेटका लागि सम्झना खड्कासँग ५३ रनको अर्धशतकीय पारी खेलिन् । पूजा महतोले अविजित २० रनको पारी खेलिन् । उनीसँगै अलिसा कुमारी यादव ५ रनमा अविजित रहिन्।

हङकङका लागि माहिके दिप र लाईले समान १-१ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको हङकङका लागि ओपनर सान्जिन सहजादले सर्वाधिक ५४ रन बनाइन्। चान का इनले २९ बलमा १६, यास्मीन दास्वानीले १४ रन बनाइन् । नेपालका लागि राजमती ऐरीले सर्वाधिक ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले २ विकेट लिइन् । पूजा महतो र ईश्वरी विष्टले १-१ विकेट लिइन् ।

तपाईको प्रतिक्रिया