Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारी खर्च आम्दानीभन्दा उल्लेख्य रूपमा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्म सरकारको कुल आम्दानी ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख पुगेको छ, भने सोही अवधिमा सरकारको खर्च ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख पुगेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसरी हेर्दा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ५३ करोड ४७ लाखले बढी भएको देखिन्छ । सरकारको विकास खर्च भने अपेक्षाकृत रुपमा निकै कमजोर देखिएको छ । फागुन मसान्तसम्म पुँजीगत खर्च कुल विनियोजनको मात्र २३.३७ प्रतिशत भएको छ । चालु वर्षका लागि पुँजीगत शीर्षकमा विनियोजन गरिएको ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाखमध्ये हालसम्म मात्र ८२ अर्ब ३३ करोड ६० लाख खर्च भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट विनियोजन गरेको थियो । तर, फागुन मसान्तसम्म वार्षिक बजेटको ४५.१२ प्रतिशत अर्थात् ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भइसकेको छ ।

  • चालु खर्च: विनियोजित ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाखमध्ये हालसम्म ५१.२१ प्रतिशत अर्थात् ५ खर्ब ८४ अर्ब १२ करोड ७८ लाख खर्च भएको छ ।
  • वित्तीय व्यवस्थापन खर्च: विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाखमध्ये हालसम्म ४७.०७ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ८९ करोड २२ लाख खर्च भइसकेको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेको थियो । फागुन मसान्तसम्म सो लक्ष्यको ५०.२ प्रतिशत मात्र अर्थात् ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख संकलन भएको छ ।

  • कर राजस्व: कुल लक्ष्य १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाखमध्ये हालसम्म ४९.७४ प्रतिशत अर्थात्रू६ खर्ब ३८ अर्ब ७९ करोड ९० लाख मात्र संकलन भएको छ ।
  • गैरकर राजस्व: कुल लक्ष्य १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख रहेकामा हालसम्म ६०.३६ प्रतिशत अर्थात् ८१ अर्ब ५४ करोड ७७ लाख उठाइएको छ।
  • वैदेशिक अनुदान: सरकारको वैदेशिक अनुदान सङ्कलन निकै कमजोर देखिएको छ । चालु वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख अनुदान लिने लक्ष्य रहेकामा हालसम्म मात्र १७.५१ प्रतिशत अर्थात् ९ अर्ब १६ करोड २५ लाख मात्र प्राप्त भएको छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया