Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

अमेरिकाको विस्कन्सिनमा एक अनौठो घटना सार्वजनिक भएको छ, जहाँ ४ वर्षीय बालकले आइसक्रिम नपाएपछि आपतकालीन नम्बर ९११ मा फोन गरी आफ्नी आमालाई नै पक्राउ गर्न आग्रह गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

घटनाक्रम अनुसार, ती बालकले मंगलबार प्रहरीलाई फोन गरी आमालाई “धेरै खराब” भन्दै उनीमाथि कारबाही गर्नुपर्ने बताए । प्रहरी अधिकारीहरूले घटनाको गम्भीरता बुझ्न सोधपुछ गर्दा बालकले आफ्नो आइसक्रिम आमाले खाइदिएको कारण आमालाई गिरफ्तार गर्नुपर्ने जिद्दी गरे । आमा छेउमै रहेकोले उनले फोन समातेर वास्तविकता खुलाइन् । उनले छोराले आइसक्रिम नपाएपछि रिसले प्रहरी बोलाएको बताइन् ।

यद्यपि, प्रोटोकलअनुसार प्रहरी अधिकारीहरू घटनास्थलमा पुगे । त्यहाँ पुगेपछि बालकले आफ्नो आक्रोश पोख्दै प्रहरी समक्ष फेरि आमालाई जेल लैजान अनुरोध गरे । तर, केहीबेर छलफलपछि उनले प्रहरीलाई आफूलाई आइसक्रिम नै चाहिएको मुख्य कारण बताए ।

यो घटनापछि दुई दिनमै प्रहरीले ती बालकको घरमा गएर उनलाई उपहारस्वरूप आइसक्रिम प्रदान गरे । सामाजिक सञ्जालमा भाइरल बनेको यो घटनाले प्रहरीको संवेदनशीलता र बालबालिकाको निष्कपट मनोविज्ञानलाई झल्काएको छ ।

तपाईको प्रतिक्रिया