Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। यस बैठकमा पछिल्लो समय बढ्दै गएका राजावादी दल र समूहको गतिविधि, संविधान संशोधन र सदनमा प्रस्तुत गर्न लागिएका विद्येयकहरूबारे छलफल हुनेछ।

बैठकमा नेकपा (एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन्। नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्। तर परराष्ट्रमन्त्री राणा भने अहिले भारत भ्रमणमा छिन्।

सरकारले गत पुस १४ गते र २१ गते जारी गरेका ५ वटा अध्यादेश संसद्बाट पारित भइसकेका छन्। यी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित हुनेछन्। तर माघमा राष्ट्रपतिले जारी गरेको भूमि संशोधनसम्बन्धी अध्यादेश अड्किएको छ। जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सकारात्मक नहुँदा यो अध्यादेश संसद्‍मा लगिएको छैन।

यस बैठकमा भूमिसम्बन्धी अध्यादेशबारे पनि छलफल गर्ने तयारी छ। संयन्त्रको निर्णयबाटै अन्य पाँच अध्यादेश पास भएको अवस्थामा भूमिसम्बन्धी पास गर्ने रणनीति दुई दलले बनाउँदैछन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया