Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘होस्टेल ३’ ले पहिलो हप्तामा नै ४ करोड ३२ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ। यसको निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक र निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा यो आँकडा सार्वजनिक गरेका हुन्। चलचित्रले काठमाडौं उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ।

काठमाडौंमा गोविन्द शाहीको काफिया फिल्म्स र उपत्यका बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले यसको वितरण गरेका छन्। तीन नयाँ नेपाली चलचित्र रिलिज भए पनि ‘होस्टेल ३’ले यो तिन मध्ये राम्रो व्यापार गरिरहेको छ। यो चलचित्र बिहीबारदेखि संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ।

युवा पुस्तालाई लक्षित यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। यो चलचित्रले नेपाली चलचित्रका मुख्य युवा दर्शक वर्गलाई आकर्षित गरेको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया