Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको डेनभर विमानस्थलमा बिहीबार अमेरिकन एयरलाइन्सको विमान बोइङ ७३७-८०० को इन्जिनमा आगलागी भएको छ। १७२ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोलोराडो स्प्रिंग्सबाट डलास-फोर्ट वर्थ जाँदै गरेको अमेरिकन एयरलाइन्सको विमानमा चालक दलले ‘इन्जिन कम्पन’ रिपोर्ट गरेपछि अवतरण गरेको थियो ।

आगलागीका कारण विमान धुवाँले भरिएको थियो।  एयरलाइन्सका अनुसार यात्रु र चालक दलका सदस्यहरूलाई गेटमै बाहिर निकालिएको थियो। एयरलाइन्सका प्रवक्ताले दुर्घटनामा कुनै पनि यात्रुलाई क्षति नभएको बताएका छन्। आगो छिटो नियन्त्रणमा लिन सफल भएकोमा एयरलाइन्सले विमानस्थल प्राधिकरणलाई आभार व्यक्त गरेको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया